माओवादी केन्द्रद्वारा नौ नगर मध्ये एउटामा महिला मेयर उठाउदै


विराटनगरको एउटा वडामा सवै उम्मेदवार महिला

प्रकाशित मिति :2017-04-23 10:48:10

महिला खबर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले काठमाडौँका नौं नगरपालिका मध्ये एउटा नगरको प्रमुख आर्थत मेयरमा मात्र महिलाको उम्मेदवारी घोषणा गरेको छ । बाँकी आठ नगरपालिकाको मेयरमा पुरुष र उपमेयरमा महिलाको नाम घोषणा गरेको छ ।

केन्द्रले कल्पना शर्मालाई टोखा नगरपालिकावाट मेयरमा उम्मेदवारी घोषण गरेको हो । उपमेयरमा दीपक बाँनियाको उम्मेदवारी परेको छ ।

त्यसै गरी शंखरापुर नगरपालिकाको मेयरमा कृष्णराज सुवेदी र उपमेयरमा इन्द्रमाया तामाङ, मनोहरा कागेश्वरीको मेयरमा महेश्वर फुयाँल र उपमेयरमा रुकु रणपाल, गोकणेश्वरको मेयरमा टिआर नेपाल र उपमेयरमा रेणु कार्की, बुढानीलकण्ठ नगरपालिकाको मेयरमा रविन अधिकारी र उपमेयरमा होमकुमारी दुलाल, तार्केश्वरको मेयरमा धनलाल महर्जन र उपमेयरमा विना रानालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै नागार्जुन नगरपालिकाको मेयरमा कुमार तामाङ र उपमेयरमा देवकी पौडेल, चन्द्रगिरीको मेयरमा श्रीकृष्ण श्रेष्ठ र उपमेउरमा उर्मिला रोका तथा दक्षिणकाली नगरपालिकाको मेयरमा संजय लामालाई उम्मेदवार बनाइएको माओवादी केन्द्र काठमाडौँका इन्चार्ज लेखनाथ न्यौपानेले जानकारी दिनुभएको छ । काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार भने घोषणा गरेको छैन ।

विराटनगरको एउटा वडामा सवै उम्मेदवार महिला

नेकपा माओवादी केन्द्रले विराटनगर उपमहानगरपलिकाको ३ नम्वर वडामा वडाध्यक्षसहित सवै उम्मेदवार महिला अघि सारेको छ ।

शुशीलादेवी भट्टराई वडाध्यक्ष, महिला वडा सदस्यमा कल्पना पोख्रेल र दलित महिलामा लक्ष्मीदेवी विक उम्मेदवार छिन् दुई सदस्यमा अप्सरा निरौला र हिरा घिमिरे छिन् । अप्सार निरौला स्थानीय सचारकर्मीसमेत हुन । 

केन्द्रले विराटनगर उपमहानगरपालिकाको मेयर र उपमेयरसहित वडाको उम्मेदवार टुंगो लगाएको छ । उपमहानगरापलिकाको मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाई उम्मेदवार बनाएको छ । यादव माओवादी केन्द विराटनगरका इन्चार्ज हुन् भने उपमेयरका उम्मेदवार न्यौपाने संयोजक हुन् ।

केन्द्रले ४, १०, १४ र १५ वडा वाहेका अन्य वडाका उम्मेदवारको नाम समेत सार्वजनिक गरेको छ । बिराटनगर उपमहानगरमा १९ वडा छ । उम्मेदवार घोषणा गरिएका ९, १३ र १७ नम्वर वडामा दलित महिलाको उम्मेदवार खाली राखिएको छ । मोरङमा विराटनगर उपमहानगरसहित आठ नगरपालिका र त्यति नै संख्यामा गाउँपालिका गरी १७ स्थानीय तह छ । १ लाख १२ हजार ८३२ मतदाता रहेको विराटनगर उपमहानगरपालिकामा १ सय १९ केन्द्र छ ।

उपमेयरका उम्मेदवार नमिता न्यौउपानेले उम्मेदवार घोषणा सभालाई सम्वोधन गर्दै न्यौउपानेले लामो समयदेखि विकासको गतिमा पछि परेको विराटनगरलाई सामाजिक, संस्कृतिक र व्यवसायीक विकास गर्न जरुरी रहेकाले त्यसतर्फ ध्यान केन्द्रित हुने वताइन् । उनले भनिन्, विराटनगरको समग्र विकासका लागि रिडरोड निर्माण, विराटनगर जुटमिलको पुनःसञ्चालन, क्षेत्रिय विमानस्थल निर्माण पर्छ, त्यसका लागि पहल हुनेछ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: