काठमाडौंको उपमेयरमा मधेशी महिलाको उम्मेदवारी


प्रकाशित मिति :2017-04-23 15:33:59

महिला खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एक मधेशी महिलाले उम्मेदवारी दिने भएकी छन् ।

काठमाडौं महानगरपालिका १४ बस्ने ३९ वर्षीय निरुपमा यादवले कामनपाको उपमेयर पदमा उम्मेदवारी दिने भएकी हुन् । यादव युवा नेता तथा साझा पार्टीको केन्द्रीय संयोजन समितिकी सदस्य र अधिवक्ता समेत हुन् । साझा पार्टीले एक विज्ञप्ती जारी गदै यादवलाई काठमाडौं महानगरपालिकाको उपमेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको जनाएकोे हो ।

यादव सप्तरीमा जन्मिएर बाँकेमा हुर्किएकी हुन् । उनले मोरङ्गमा वैवाहिक सम्बन्धमा जोडिएर काठमाडौंलाई कर्मथलो बनाएर काम गरिरहेकी छन् । १५ वर्षदेखि अधिवक्ताको रूपमा कार्यरत यादवले शान्ति सम्झौता उच्चस्तरिय अनुगमन समितिकी सदस्य, मेलमिलाप परिषदकी सदस्य, सामाजिक समावेशीता विज्ञ, मानव अधिकारकर्मी तथा विभिन्न संस्थामा कानुनी परामर्शदाताको रूपमा पनि काम गरेको साझा पार्टीले विज्ञप्ती मार्फत जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: