एक्ली मुस्लिम महिला रेफ्री


प्रकाशित मिति :2017-04-24 11:15:29

नेपालगञ्ज । नेपालमा ब्याड्मिन्टन खेलको एकमात्र मुस्लिम महिला अम्पायर हुन्, २३ वर्षीया समन एक्वाल । सानै उमेरमा ब्याड्मिन्टनको रेफ्री बनेर उनले अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेलाइसकेकी छन् । नेपालगन्जकी समनले, अन्नपूर्ण पोस्ट्ले काठमाडौंमा आयोजना गरेको कर्पोरेट ब्याड्मिन्टन प्रतियोगितासमेत कुशलतापूर्वक खेलाएकी थिइन् । यतिबेला पनि उनी अन्नपूर्ण पोस्ट्ले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करणमा सोही भूमिकामा देखिने तयारीमा छिन् ।

‘अहिले झन् नयाँ उत्साह थपिएको छ, आफ्नै ठाउँमा हुन लागेको यति ठूलो प्रतियोगितामा रेफ्री हुँदैछुु, उत्साहपूर्ण हाँसोसँगै उनले भनिन् ‘म त आफूलाई लक्की नै ठान्छु र, यो ठूलो अपरच्युनिटी पनि हो । कमर्समा स्नातक सकेर हिमालयन बैंकमा जागिर खाइरहेकी समन अहिले कानुनमा पनि स्नातक गर्दैछिन् । कानुन पढ्ने उनको पहिलादेखिकै रहर थियो । ‘आफ्नै समुदायमा भइरहेका अन्यायका विरुद्ध वकालत गर्नेछुु, उनी भन्छिन्, ‘त्यसैले कानुन पढ्न लागेकी हुँ ।

उनको अनुहारमा बुर्का छैन । आफूले चाहेको अनि बजारमा चलेकै फेसन गर्छिन् तर, उत्ताउलोपन उनलाई मन पर्दैन रे । मुस्लिम समुदायमा त्यो पनि महिलाले यस्तो वातावरण कमैले पाउँछन् । र, त उनले पटकपटक आफूलाई भाग्यमानी ठान्छिन् । ‘मेरै वरिपरिका केटीहरूलाई देख्छु, आफैलाई कस्तो कस्तो लाग्छ । त्यहाँ आफूलाई राखेर हेर्छु, ओहो अल्लाहले त मेरो राम्रै भाग्य बनादिएका रहेछन्, नत्र मेरोजस्तो खुल्ला दिल भएका बाबुआमा पाउने थिइन, उनी भन्छिन् ।

परिवारमा उनलाई कहिल्यै कुनै रोकतोक भएन । उनका बुवा सधैं उनलाई भन्ने गर्छन् रे, ‘समाजमा कस्ले के भन्छ, त्यो नहेर्नु, बस् आफू कति सही छु वा गलत छु भन्नेमात्रै हेर्नु र सधैं सही बाटोमा हिँड्नु, नमाजमा छोरी मान्छेको बारेमा नराम्रो कहीँ लेखेको छैन ।ु स्कुले जीवनमा उनी भलिबल खेलाडी थिइन् । स्कुल स्तरका थुप्रै प्रतियोगिता पनि खेलेकी छन्, उनले । तर, ९ कक्षामा पढ्दा उनलाई ब्याड्मिन्टनको रहर पलायो । र, उनले त्यसैमा अभ्यास गर्न थालिन् । खेल्दै जाँदा उनमा ब्याड्मिन्टनको नशै लाग्यो ।

उनले धेरै स्थानीयस्तर र राष्ट्रियस्तरका ब्याड्मिन्टन पनि खेलिसकेकी छन् । उनको खेलप्रतिको समर्पण देखेरै होला एकदिन उनका कोचले एउटा अफर गरे ‘अब तिमी रेफ्री बन ।ु उनले केही नसोची त्यो अफर स्वीकार गरिन् । केही समय अनौपचारिक सिकाइकै भरमा उनले धेरै खेलहरू खेलाइन् । र, गत डिसेम्बरमा उनले नेपालगन्जमै नौ दिनको अम्पाएर कोर्स पनि गरिनन् ।

शिक्षित मुस्लिम परिवारकी उनी यसअघि सामाजिक क्षेत्रमा पनि काम गर्थिन् । उनकी आमा मैमुना सिद्धिकी पनि सामाजिक अभियन्ता हुन् । मुस्लिम महिला अधिकारका लागि उनकी आमा र साथीहरू मिलेर नेपालगन्जमा फातिमा फाउन्डेसन खोलेका थिए । समनले पनि केही समय सामाजिक कार्यकर्ता भएर काम गरिन् । ब्याड्मिन्टनमै आफ्नो भविष्य देखेकी समनलाई कानुन पढेर समाजका लागि केही गर्ने इच्छा पनि छ ।

स्रोतः अन्नपूर्ण पोस्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: