मेयरका एक्लो महिला उम्मेदवार विमला


प्रकाशित मिति :2017-04-24 13:08:41

 पार्वती पाण्डे

कपिलवस्तु । नेकपा एमालेले कपिलवस्तुका छ वटा नगरपालिका मध्ये बाणगंगा नगरपालिकामा महिला उम्मेदवार विमला घिमिरेलाई मेयरका लागि उम्मेदवारी घोषणा गरेको छ । अन्य ५ वटा नगरपालिकामा पुरुष नै मेयर उम्मेदवार छन् ।

घिमिरेले पार्टिको निर्णयले आफु उत्साहित बनेको बताउनुभयो । ‘महिलाले राजनीति गर्न हुदैन भन्ने मान्यता राख्ने हाम्रो समाजबाट माथि उठेर राजनीति र सामाजिक काममा अगाडि आउदा निकै धैरै चुनौती छ, यस्ता चुनौतीहरुलाई पार गर्नका सबैको सहयोग आवश्यक छ ।’ विमलाले भन्नुभयो ।  सबै परिस्थितीलाई सामना गर्दै सामाजिक राजनीतिक आन्दोलनमा निरन्तरता दिदै आएकोले पनि आफुलाई पार्टिले मेयर उठन अवसर प्रदान गरेको विमलाले बताउनुभयो ।

विद्यार्थीकालदेखि राजनीतिमा लाग्नुभएको घिमिरे २०४७ सालमा नेकपा एमालेको संगठिन सदस्य हुनुभएको थियो । जनवर्गिय संगठनहरु अनेरास्ववीयु, अनेमसंघको जिल्ला अध्यक्ष, पार्टिको जिल्ला कमिटि सदस्य, उपसचिव, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, जिल्ला सचिव हुदै हाल पार्टि केन्द्रीय स्कुल विभाग सदस्य र संघको केन्द्रीय सदस्यको जिम्मेवारी वहन गर्दै आउनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: