जिल्ला अस्पतालमा अत्याधुनिक एक्सरे मेसिन


प्रकाशित मिति :2017-04-24 17:51:01

बेलिना थापा
लमजुङ । सदरमुकाम बेसिशहरमा रहेको जिल्ला अस्पतालले पहिलो पटक अत्याधुनिक डि.आर.डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ ।  अस्पतालको सेवालाई प्रभावकारी बनाउन ७० लाख रुपैँयाको लागतमा अत्याधुनिक मेसिन ल्याइएको अस्पतालका प्रशासक युवराज देवकोटाले बताउनुभयो ।

मेसिनबाट हाडजोर्नी समस्या भएका बिरामीहरुको शल्यक्रिया गर्दा दश सेकेन्डमा नै हाड तथा जोर्नीको शल्यक्रिया भएको स्थानमा मिलेको वा नमिलेकोबारे थाहा पाउन सकिने देवकोटाको भनाई छ ।  मेसिनबाट अन्य एक्सरे मेसिनको तुलनामा ६ गुणा कम हानिकारक किरण उत्पन्न हुने उहाँले बताउनुभयो ।

मेसिनबाट लिइएको एक्सरे कम्प्युटरको माध्यमबाट जुम गरी स्पष्ट रुपमा समस्या पहिचान गर्न सकिने अस्पतालका सूचना अधिकृत शान्तीराम राईको भनाई छ ।  उहाँले भन्नुभयो, ‘वाईफाई प्रविधिद्धारा एक्सरे गर्न सकिने भएकोले समयको बचतसँगै काममा सहजता हुन्छ,’ ‘अस्पतालमा लिइएको एक्सरे अन्य अस्पतालमा देखाउनुपरेमा पेनड्राईभ अर्थात इमेलमार्फत पनि पठाउन सकिन्छ ।’

डि.आर. एक्सरे मेसिन संचालनमा ल्याउने सामुदायिक अस्पताल जिल्लाको पहिलो अस्पताल हो, नेपालको चौथो अस्पतालमा पर्छ । मेसिन नेपाल सरकारले मानव विकास तथा सामुदायिक सेवाद्धारा सञ्चालित लमजुङ जिल्ला सामूदायिक अस्पताललाई अनुदानमा उपलव्ध गराएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: