उद्यमी बन्न महिलालाई १० लाख ऋण


प्रकाशित मिति :2017-04-25 11:26:34

-महिला खबर-

काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्यमी बन्न प्रत्येक महिलालाई प्रोत्साहन स्वारुप जनही रु १० लाख ऋण दिने बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १३ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४ को समापन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री जोशीले १० वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन लागिएको बताउनुभयो । उहाँले एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने योजना रहेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)सँग प्राकृतिक रेशाबाट नरम धागो बनाउने प्रविधिको विकास गर्ने सम्बन्धमा खोज तथा अनुसन्धान तथा प्रविधि विकास गर्ने सहमति भएको बताउनुभयो । कार्यक्रममा उत्कृष्ट महिला उद्यमीमा सीता मल्ललाई घोषित गरिएको छ ।

यही वैशाख ७ देखि ११ गतेसम्म सञ्चालित उक्त प्रदर्शनीमा करिब रु सात करोडभन्दा बढी कारोबार भएको बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: