पत्रकार निलमलाई ज्यान मार्ने धम्की


प्रकाशित मिति :2017-04-25 12:14:45

महिला खबर

काठमाडौं । सञ्चारिका समूहकी सदस्य पत्रकार निलम घिमिरेलाई नेपाली जनसम्पर्क समिति बेल्जियमका उपाध्यक्ष कमल सिटौलाले ज्यान मार्ने धम्की दिएको प्रति संचारिका समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्चारिकाले प्रेस विज्ञप्ती जारी गरि घटना प्रति भर्त्सना गरेको हो । विज्ञप्तीमा समूहले घटनाले सिंगो पत्रकार महिलाको मनोबल गिराउने काम भएकाे भन्दै घटनाको छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘नेपाली भूमि बाहिर रहेर पत्रकारितामा क्रियाशिल रहँदै आउनुभएकी घिमिरेलाई पेशाप्रति नै हताेत्साहित हुने गरि गरिएको धम्कीको घोर भर्त्सना गरिन्छ । यसले समग्र पत्रकार महिलाको मनोबल गिराउने हुँदा धम्की दिने व्यक्तिलाई छानबिन गरि कारवाही गर्न सम्बन्धित संस्थासँग जोडदार माग गर्दछ ।’

विज्ञप्तीमा सिटौलाले फोनबाट अश्लिल शब्द प्रयोग गरी घिमिरेलाई ज्यान मार्ने धम्की दिएको जनाइएको छ । घिमिरे,  रेडियो कान्तिपुरका बेल्जियम संवाददाता हुनुहुन्छ । नेपाल पत्रकार महासंघ युरोप शाखाले पनि विज्ञप्ती मार्फत घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाहीकाे माग गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: