निःशुल्क स्वास्थ्य शिविरमा विकटका महिला लाभान्वित


प्रकाशित मिति :2017-04-25 17:36:29

-बेलिना थापा-

लमजुङ । जिल्लाको विकट क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ९ (साविक गिलुङ गाविस) का महिलाले आङ खस्ने, पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धी जाँच गराएका छन् । गत साता सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सो स्थानका ७७ जना महिलाहरुले पाठेघरको जाँच गराएका हुन् ।

स्वास्थ्य जाँच गर्नेहरुमध्ये २ जना महिलामा आङ खस्ने समस्या, २ जना महिलामा पाठेघरको मुखमा क्यान्सर हुने सम्भावना देखिएकोे र १ जनाको पाठेघरमा मासु पलाएको फेला परेको गण्डकी अस्पताल पोखराका स्त्री रोग विशेषज्ञ डा. तारा गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार क्यान्सरको सम्भावना देखिएका २ जना र पाठेघरमा मासु पलाएको १ जनालाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरामा ‘रिफर’ गरिएको छ । शिविरमा स्वास्थ्य जाँचका लागि गिलुङ, भोजे, पसगाउँ लगायतका ठाउँबाट महिलाहरु पुगेका थिए ।

शिविरमा आएकी ८१ वर्षीया विष्णुमाया गुरुङले गाउँमा आफूले पहिलो पटक सेवा पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि महिला लक्षित कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

त्यस्तै, पहिलोपटक निशुल्क स्वास्थ्य सेवा लिएकी ६१ वर्षिया सीता विकले आफूहरुले सामान्य रोगको उपचारका लागी पनि समस्या खेप्नुपरेको गुनासो गर्का थिए । शिविरमा आएका अधिकांश महिलाहरुले शिविर प्रभावकारी भएको र आगामी दिनमा पनि यस्तो कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।

शिविरमा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर तारा गुरुङ लगायतको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए । जिल्ला समन्वय समिति लमजुङका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले आर्थिक अवस्था कमजोर भएका ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरी निःशुल्क शिविरको आयोजना गरिएको बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले विशेषगरी वृद्धाहरुमा पाठेघरको समस्या देखिएको बताउनुभयो । उहाँले आङ् खस्ने समस्याको उपचारको लागि नेपाल सरकारले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेकाले त्यस्ता समस्या भएका महिलाहरुलाई स्वास्थ्य सेवा लिन आग्रह गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: