अग्नी पीडित महिला र बालबालिकालाई राहत वितरण


प्रकाशित मिति :2017-04-25 15:28:21

पार्वती पाण्डे

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको शितलापुरका आगलागी पीडित बालबालिका र सुत्केरी महिलालाई राहत वितरण गरिएको छ ।

सुत्केरी महिलाका लागी पोषण युक्त खाद्यान्न तथा कपडा र बालबालिकालाई लत्ताकपडा, कापीकलम, झोला लगायतका स्टेशनरी सामाग्री वितरण गरीएको हो ।

ईलाका प्रसासन कार्यालय चन्द्रौटा, सनसाइन सामाजिक विकास संस्था र सेभ द चिल्ड्रेनको सहयोगमा अग्नि पीडित महिलाहरु रिन्की लोनिया, माया लोनिया, अमृता पासी, रोशनी रैदास, इन्द्रावती यादव र ६९ बालबालिकालाई सहयोग वितरण गरिएको थियो ।

गएको बुधबार स्थानीय मन्नान मियाँको घरबाट सल्किएको आगोले गाउँको ५९ घर तथा गोठ पूर्ण रुपमा जलेर नष्ट भएका छन् । आगलागीबाट ५० लाख बढिको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् ।  २० वर्ष अघि पनि सोही गाउँमा आगलागी हुँदा एक सय घर जलेर नष्ट भएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: