सुत्केरी स्याहार्ने श्रीमान् सम्मानित


प्रकाशित मिति :2017-04-25 16:32:59

डीबी विष्ट

बझाङ । जिल्लामा अहिले पनि छुवाछुत मान्ने प्रचलन कायमै छ । महिला छाउ भएको समयमा भन्दा पनि सुत्केरी भएको समयमा बढी छुवाछुत मान्ने प्रचलन बझाङका ग्रामीण बस्तीमा छ । खासगरी सुत्केरी भएकी महिलालाई पुरुषले छुन नहुने, छोएमा त्यस्ता पुरुषले दिएको पानी समेत नखाने प्रचलन देखिन्छ । यस्तोमा, जिल्लाको तलकोट गाँउपालिका १ का मान बहादुर बमलाई भने सुत्केरी श्रीमतीको कपडा धोएको भन्दै सम्मान गरिएको छ ।

गत ८ वैशाखमा महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले बमलाई सम्मान स्वरुप कलम र डायरी प्रदान गरेको हो । बमले गत हप्ता सुत्केरी भएकी श्रीमतीको कपडा धुने र घरमा पानी ल्याउन सहयोग गरेका थिए । जिल्लामा पुरुषले घरधन्दा गर्नुलाई राम्रो दृष्टिकोणले नर्हेने चलन छ । उहाँले भने श्रीमतीको स्वास्थ्यको ख्याल गर्दै सहयोग गरेको बताउनुभयो । समाजले कुरा काट्ने डर भएपनि समाजभन्दा पहिला परिवार चाहिने र पानीको धारा घरभन्दा टाढा भएका कारण श्रीमतीले कपडा बोक्न र धुन नसक्ने भन्दै आफुले श्रीमतिको सहयोग गरेको बमको भनाइ छ ।

सम्मान कार्यक्रमका तलकोट गाउँपालिका १ का स्थानीय शिक्षक, शिक्षिका, स्वास्थ्य स्वयंसेविका, पत्रकार तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । महिनावारी भएको समयमा छुवाछुत गर्नुहुन्न भन्ने ज्ञान सबैलाई भएपनि धेरैले व्यवहारमा लागू नगरेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । खासगरी, महिनावारी तथा सुत्केरी भएको समयमा महिलालाई छुँदा देउता रिसाउने, वंश नाश हुने, पशु चौपाया केही पनि नहुने, परिवारमा अशान्ति हुने अन्धविश्वास रहेको महिला स्वास्थ्य स्वयमसेविका केउडी धामीले बताउनु भयो । उहाँका अनुसार शिक्षाका कारण पछिल्लो समय यस्ता व्यवहारमा कमी भने आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: