नेपाली काँग्रेसको घोषणापत्र सार्वजनिक


यौन शोषण, घरेलु हिंसामा दोषी र छुवाछुत व्यवहार गर्ने व्यक्ति सदस्य बन्न नपाउने

प्रकाशित मिति :2017-04-26 08:39:30

खेमा बस्नेत

काठमाडौं । नेपाली काँग्रेसले आफ्नो ५२ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ । उसले आफ्नो घोषणपत्रमा केही लैङ्गिक एजेण्डा समेत समेटेको छ । घोषणापत्रमा काँग्रेसले संविधानमा उल्लेख भएका लैङ्गिक कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

हरेक गाउँपालिकामा १५ शैयाको अस्पताल, हरेक गाउँपालिकामा प्रसुती सेवा सहितको कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने, सबै नगरपालिकामा आवश्यकता हेरी २५ देखि ५० शैय्याको आधुनिक अस्पताल निर्माण गर्ने जनाएको छ ।

यस्तै, निःशुल्क भईसकेको बाथ, मुटुरोग र मृगौला प्रत्यारोपणलाई थप सहज बनाउँदै निःशुल्क डायलेसिस सेवालाई स्थानीय तहसम्म बिस्तार गर्ने, महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षणलाई स्थानीय तहसम्म बिस्तार गर्ने उल्लेख छ ।

प्रत्येक वडामा स्थानीय महिलाहरूलाई आवश्यक नर्सिङ सेवाको तालिम दिई आफ्नै वडामा तलबी नर्स स्वयंसेवक राख्ने तथा सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ ।

गर्भवतीलाई नियमित भत्ताको व्यवस्था

घोषणापत्र अनुसार काँग्रेसले गर्भवती महिलालाई नियमित भत्ताको व्यवस्था गर्ने भएको छ । यस अनुसार ‘सुत्केरी आमा: पोषिलो खाना’ भन्ने नाराका साथ स्थानीय स्वास्थ्य संस्थाबाट सुत्केरी भएको २ वर्षसम्म पोषण कुपन वितरण र गर्भवती महिलाहरुको पोषणको लागि नियमित भत्ताको व्यवस्था गरिनेछ । यसका साथै सबै नवजात शिशुको निःशुल्क उपचार कार्यक्रमलाई देशभर बिस्तार गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
दश वर्षमा मातृमृत्यदर पचास भन्दा कम गर्ने, आगामी १० वर्षमा शिशु मृत्युदरलाई ५ भन्दा कम र मातृ मृत्युदरलाई (प्रति एक लाख जीवित जन्ममा) ५० भन्दा कम गर्ने र मलेरिया, कालाज्वर, डेंगु, हेपाटाइटिस लगायत पानीजन्य रोगहरुबाट कसैको पनि मृत्यु नहुने स्वास्थ्य नीति र संरचना बनाउनेछ ।

छात्राको शौचालय र यातायातको व्यवस्था

छात्राहरुको अध्ययनलाई असर पर्न नदिन शौचालय, सुरक्षा र यातायातको विशेष व्यवस्था गर्ने जनाएको छ ।

संविधानमा व्यवस्था भएका कुरा कार्यान्वय गर्ने प्रतिबद्धता

‘महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक समुदाय र दुर्गम क्षेत्रका जनताको प्रतिनिधित्व र पहुँच नयाँ संवैधानिक व्यवस्थालाई दृढताका साथ कार्यान्वयन गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ’ घोषणपत्रमा भनिएको छ ।

यौन शोषण, घरेलु हिंसामा दोषी र छुवाछुत व्यवहार गर्ने व्यक्ति काँग्रेसको सदस्य बन्न नपाउने

कांग्रेसले नीतिगत रुपमा महिला विरुद्ध हुने यौनशोषण र घरेलु हिंसामा दोषी देखिएका व्यक्ति नेपाली कांग्रेसको क्रियाशील सदस्य बन्न र रहन नसक्ने व्यवस्था गरेको छ । त्यसैगरी दलितलाई छुवाछुतको व्यवहार गर्ने व्यक्ति सदस्य बन्न र रहन नसक्ने नीतिगत व्यवस्था गरेको दाबी गरिएको छ ।

ज्येष्ठ नागरिक, एकल तथा अशक्त महिला सुरक्षा

काँग्रेसले शारीरिक श्रम गरी आयमूलक कार्यमा संलग्न हुन नसक्ने ज्येष्ठ नागरिक, एकल तथा अशक्त महिला, अपाङ्गता भएका व्यक्ति, दलित, अल्पसंख्यक, असहाय र बालबालिकाहरुलाई सामाजिक सुरक्षाको बन्दोबस्त गर्ने प्रतिवद्धता गरेको छ ।

शतप्रतिशत साक्षरताको संकल्प

५ वर्षको अवधि भित्र ५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई शतप्रतिशत साक्षरता हासिल गर्ने संकल्प काँग्रेसले गरेको छ । स्थानीय सरकारले माध्यमिक र प्राविधिक (पोलिटेक्निक) शिक्षालाई गुणस्तरीय, सर्वसुलभ बनाउने र शिक्षाको प्रत्येक तह र अवसरमा लैंगिक समता सुनिश्चित गर्ने  घोषणपत्रमा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: