हेमालाई राप्रपाले दियो मेयरमा टिकट


प्रकाशित मिति :2017-04-26 13:36:01

महिला खबर 

सुनसरी । मोरङमा स्थानीय तहको प्रमुखमा महिला उम्मेदवारको चर्चा नै नभएको बेला स्वतन्त्र उमेद्वारी घोषणा गरेकी एकजना महिलालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयरको उम्मेदवार बनाएको छ ।

पथरी शनिश्चरेकी समाजसेवी हेमा ढुंगानाले स्वतन्त्र रुपमा प्रमुखको उम्मेदवारी घोषणा गरेको एक सातापछि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । आफनो विचारसँग राप्रपाको विचार मिलेकाले राप्रपा प्रवेश गरेको उहाँको भनाई छ । यसअघि, राप्रपाले पथरी शनिश्चरे नगरपालिकाको मेयरमा अन्य दुईजना महिलाको नाम सिफारिस गरेको थियो ।

ढुंगानाले आफू जनप्रतिनिधि नहुँदै पनि समाज सेवामा सकृय रहेकोले अब जनप्रतिनिधि बनेर पथरी शनिश्चरेलाई नमूना नगर बनाउन अग्रसर हुने प्रतिकृया दिनुभयो । स्वतन्त्र रुपमा उम्मेदवार बन्दा प्रचार प्रसारमा पनि समस्या हुने भएकाले पार्टीमा आवद्ध बनेको उहाँको भनाइ छ ।

पथरी शनिश्चरे नगरको नेतृत्व गर्ने जिम्मा त्यहाँका स्थानीयले महिलालाई दिनेमा उहाँ आशावादी हुनुहुन्छ । ‘महिलामा कुशल ढंगले नेतृत्व गर्न सक्ने क्षमता भएपनि दलहरुले महिलालाई अविश्वास गरेर धेरै ठाँउमा नेतृत्व गर्ने अवसर दिएका छैनन्’, उहाँले भन्नुभयो ।

आफूू चर्चित व्यक्ति भइसकेकाले चर्चा कमाउनको लागि नभई पथरी शनिश्चरेका जनताको सेवाका लागी मेयर पदमा दाबी गरेको उहाँको भनाई छ । ‘महिला शक्ति, त्याग, बलिदान, दया, करुणा, क्षमा र सेवाका प्रतिमूर्ति हुन्, समाजमा महिलाले सम्मान र अवसर पाउँदा त्यो समाजको उन्नति र प्रगतिलाई कसैले रोक्न सक्दैन’, ढुंगानाले भन्नुभयो । जुन स्थानीय तहमा महिला प्रमुख हुन्छन्, त्यहाँ भ्रष्टाचार अन्त्य हुने उहाँको दाबी छ ।

को हुन् हेमा ढुंगाना ?

ढुंगाना जिल्लामा आफ्नो नामले भन्दा पनि अनन्त श्री विभुषित महामण्डलेश्वर श्वामी हेमानन्द गिरी महाराजका नामले चर्चित हुनुहुन्छ । उहाँका अनुसार यो सन्यासीहरुले पाउने आर्चाय गुरु पद हो, जुन पाउनेमा उहाँ नेपालकै एकमात्र महिला हुनुहुन्छ । ढुंगाना कुनै समयमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य तथा चर्चित विद्यार्थी नेता हुनुहुन्थ्यो । उर्लावारी बहुमुखी क्याम्पस पढ्दा उहाँ नेविसंघबाट स्ववियू सभापतिको उम्मेदवार समेत बन्नुभएको थियो ।

पछि, बिजयकुमार गच्छदारले काँग्रेस छोडेर मधेशी जनाधिकार फोरम लोकतान्त्रिक पार्टी खोलेपछि उहाँ पनि त्यतै लाग्नुभयो । पहिलो संविधानसभाको निर्वाचनमा उहाँ समानुपातिक तर्फ उम्मेदवार समेत हुनुहुन्थ्यो । तर, गच्छदारले उहाँलाई सभासद् नबनाएपछि उहाँ राजनीतिमा निस्कृय बन्नुभयो । त्यसपछि उहाँ ध्यान र योगातर्फ आकर्षित हुनुभयो । ध्यान र योगाको प्रशिक्षक हुँदै उहाँ पतञ्जली योग महिला राष्ट्रिय अध्यक्ष पनि बन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: