उत्पादनशील क्षेत्रमा महिला सहभागिता आवश्यकः सञ्चारमन्त्री कार्की


‘लैंगिक उत्तरदायी मिडिया अवार्ड’ पत्रकार नेपाल र थापालाई

प्रकाशित मिति :2017-04-26 16:13:49

-सन्दिप वि.क-

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले पुरुष र महिलाबीच हुने विभेद कम गर्न उत्पादनशील क्षेत्रमा महिला सहभागितामा जोड दिनुपर्ने बताउनुभएको छ ।

मिडिया एड्भोकेसी गु्रप (म्याग)र युएन वीमेनले आयोजना गरेको ‘लैंगिक उत्तरदायी मिडिया अवार्ड’ कार्यक्रममा बोल्दै कार्कीले सम्पत्तिमाथि महिलाको स्वामित्व कायम हुनुपर्ने बताउनुभयो । उहाँले समाजमा महिला र पुरुषबीचको सोंच्ने तरिकामै परिवर्तनको खाँचो रहेको बताउनुभयो ।

यस्तै, युएन वीमेनका सरु जोशीले नेपालको लैंगिक नीति एसियामै अगाडि रहेको भन्दै अनुगमनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले महिलालाई संख्यात्मक र गुणात्मक तहबाट नेतृत्व तहमा ल्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सम्पत्तिकै कारण महिला पुरुषबीच विभेद रहेको भन्दै रोजगारीको क्षेत्रमा महिला सहभागिता बढाउनुपर्ने बताउनभयो । उहाँले ऐनले महिलालाई दिने सेवामा केही बाँकी नराखेको भन्दै हक, अधिकारका लागि महिला नै सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पछिल्लो समय सञ्चार क्षेत्रको नेतृत्व तहमा महिलाको संख्या बढेको बताउनुभयो । उहाँले महासंघले समेत महिलाको सीट सुरक्षित राखेको बताउनुभयो ।

प्रेस काउन्सिलका पूर्व अध्यक्ष बोर्णबहादुर कार्कीले सञ्चारमाध्यमले महिला समानताको आन्दोलनलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले लैंगिक समानताका दृष्टिले नेपालले राम्रो सुरुवात गरेको बताउनुभयो ।

यस्तै, म्यागकी अध्यक्ष बबिता बस्नेतले निर्वाचनमा महिलालाई कसरी सूचना सुसूचित गराउने भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो ।

‘लैंगिक उत्तरदायी मिडिया अवार्ड’

यो वर्षको ‘लैंगिक उत्तरदायी मिडिया अवार्ड’ लेखन सामाग्रीतर्फ नेपालगञ्जका पत्रकार जनक नेपाल र फोटोतर्फ काठमाडौंकी फोटो पत्रकार कविता थापालाई प्रदान गरिएको छ ।

पत्रकार नेपालको गत भदौ १९ गते नेपाल म्यागाजिनमा प्रकाशित ‘आगो सहनेहरु’ शिर्षकको स्थलगत रिर्पोट र गत मंसिर १४ गते गोरखापत्र अनलाईनमा प्रकाशित फोटोलाई यो वर्षको लैंगिक उत्तरदायी मिडिया अवार्ड प्रदान गरिएको हो ।

दुवै पुरस्कारको राशी २५ हजार रुपैंयाँ रहेको छ । पुरस्कृत दुवैलाई सूचना तथा सञ्चारमन्त्री कार्कीले नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: