राप्रपाको घोषणापत्रः महिलाको स्वास्थ्य, शिक्षा र रोजगारीमा प्राथमिकता


बालविवाह र बहुविवाह दण्डनीय

प्रकाशित मिति :2017-04-26 16:45:40

महिला खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनका लागि बुधबार घोषणापत्र सार्वजनिक गरेको छ ।

कुल ३२ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको राप्रपाले बालविवाह तथा बहुविवाह गर्नेलाई कानुन बमोजिम दण्डित गरिने बताएको छ । ‘बाल विवाह र बहुविवाह गर्ने दिइने छैन, त्यस्ता कार्य गर्ने गराउनेलाई कानुन बमोजिम दण्डित गरिने छ’ घोषणापत्रमा उल्लेख छ ।

महिलाको स्वास्थ्य, शिक्षा र रोजगारीमा प्राथमिकता

गाउँपालिका र नगरपालिकाको कुल बजेट मध्ये १० प्रतिशत बजेट महिलाको शिक्षा, स्वास्थ्य तथा रोजगारीमूलक कार्यक्रममा विनियोजित गरी महिलाको शिक्षा, स्वास्थ्य तथा रोजगारीलाई उच्च प्राथमिकतामा राखिने राप्रपाको घोषणापत्रमा उल्लेख छ ।
स्वास्थ्य संस्था महिलामैत्री बनाउने घोषणापत्र अनुसार महिलाको प्रजनन स्वास्थ्य तथा प्रजनन अधिकारका कार्यक्रमहरु व्यापक रुपमा सञ्चालन गरिने छ । साथै, स्थानीय तहमा रहेका स्वास्थ्य संस्था महिलामैत्री बनाइने छ ।

वैदेशिक रोजगारमा गएका महिलाको उद्धार

वैदेशिक रोजगारमा गएका महिलाको तथ्याङ्क राखी उनीहरुको स्थितीबारे नियमित जानकारी लिने, समस्या परेका महिलाहरुलाई उद्दार तथा आवश्यक सहयोग गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

प्रत्येक गाउँ÷नगरपालिकामा २५ शैय्याको अस्पताल

घोषणापत्र अनुसार प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तिमा २५ शैय्याको एक अस्पताल निर्माण गरिने छ । यस्तै, प्रत्येक गाउँपालिका र नगरपालिकामा स्वास्थ्य उपचार कोष खडा गरिने तथा क्यान्सर र मृगौला फेल भएका बिरामीलाई १ लाख औषधी उपचार खर्च दिइने छ । यसैगरी, प्रत्येक वडामा कम्तिमा २ जना महिला स्वास्थ्य स्वयंसेविका नियुक्त गर्ने पनि उल्लेख गरिएको छ ।

स्वास्थ्य स्वयंसेविकालाई मासिक दुई हजार भत्ता

यस अन्र्तगत महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक कम्तिमा दुई हजार निर्वाह भत्ता दिने व्यवस्था गरिनेछ ।
जातिय आधारमा मन्दिर प्रवेशमा रोक लगाउने प्रथाको अन्त
घोषणापत्र अनुसार जातिय आधारमा मन्दिर प्रवेशमा रोक लगाउने प्रथा पूर्णरुपमा अन्त्य गरिने र सबै जाति र समुदायले समान रुपमा पूजा, आराधना र उपासना गर्न पाउने व्यवस्था सुनिश्चित गरिने छ ।

६० वर्षमै सुरक्षा भत्ता

यस अन्र्तगत सबै गाउँपालिका तथा नगरपालिकाका जेष्ठ नागरिकले पाउने समाजिक सुरक्षा भत्ता ६० वर्ष उमेर पूरा गरेपछि नै उपलब्ध गराइने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: