चुनावी गतिविधिमा बालबालिकाको प्रयोगमा रोक


पाँच सदस्यीय अनुगमन समिति गठन

प्रकाशित मिति :2017-04-27 18:23:31

महिला खबर

भक्तपुर । स्थानीय तहको निर्वाचनका गतिविधिहरुमा जिल्लामा बालबालिकाको प्रयोग गर्न नपाइने भएको छ ।

जिल्ला बाल कल्याण समितिले  बिहिबार निर्वाचनमा बालअधिकार अनुगमन तथा विद्यालय तथा विद्यालय शान्ति क्षेत्र सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालासँगको अन्र्तक्रियामा निर्वाचनका गतिविधिमा बालबालिकाको प्रयोगमा पूर्ण रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जिल्लामा निर्वाचनमा हुने गतिविधिका साथै निर्वाचन सुरु हुनुभन्दा अगाडि र सम्पन्न भएपछि पनि बालबालिकाको प्रयोग गर्न नपाइने बताउनुभयो । उहाँले कुनैपनि राजनीतिक दलले बालबालिकालाई चुनावको प्रचार प्रसारका साथै र्याली, पोष्टर टाँस्ने, पर्चा बाँड्ने र निर्वाचनका दिन लाइनमा राख्न समेत रोक लगाइने बताउनुभयो । उहाँले भक्तपुर जिल्लालाई निर्वाचनमा बालबालिका प्रयोगमुक्त जिल्ला बनाउन समेत आग्रह गर्नुभएको छ ।

यस्तै, केन्द्रीय बालकल्याण समितिका बालअधिकार श्रोतव्यक्ति रवि गौतम र जिल्ला बालक्लव सञ्जालका श्रीकृष्ण थापाले निर्वाचनमा बालबालिकाको प्रयोगलाई पूर्ण रुपमा बन्देज गर्नुपर्ने बताउनुभयो ।

स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, जिल्ला बाल कल्याण समितिका सचिव नीला घिमिरे, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेल लगायतले बालबालिकाको प्रयोग हरेक क्षेत्रमा रोक्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा राजनीतिक दलका नेता, कार्यालयका प्रतिनिधि, नागरिक समाज एवं सरोकारवाला निकायका प्रतिनिधिले चुनावका समयमा भक्तपुरलाई बालबालिकाको प्रयोगमुक्त जिल्ला बनाउन प्रतिवद्धता गर्दै हस्ताक्षर समेत गरेका छन् । यसैगरि, महिला विकास अधिकृत नीला घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ । समितिले निर्वाचनको समयमा बालबालिकाको प्रयोगका सम्बन्धमा अनुगमन गर्नेछ ।

यसअघि केन्द्रीय बालकल्याण समितिले स्थानीय तहको निर्वाचको कुनै पनि गतिविधिमा बालबालिकाको प्रयोग नगर्न  राजनीतिक दलहरुको ध्यानाकर्षण गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: