महिलालाई बन्धक बनाएर यातना


प्रकाशित मिति :2017-04-28 10:28:25

सिरहा । सिरहाको गोलबजार नगरपालिका– ६ की एक महिलालाई आफ्नै घरमा बन्धक बनाएर पतिसहित सासु ससुराले निर्घात कुटपिट गरेका छन् । सख्त घाइते भएपछि स्थानीयले उपचारका लागि अस्पताल भर्ना गराएका छन् ।

सिरहाको गोलबजार नगरपालिका ६ डोहोटियाकी २२ वर्षीया प्रियङ्का यादवको पति, सासु र ससुरा मिलेर तीन दिनसम्म घरभित्रै बन्धक बनाएर निर्घात कुटपिटसँगै यातना दिएको थाहा पाएका छिमेकीहरुले उनलाई तत्काल उद्धार गरी मंगलबार अस्पताल भर्ना गरेका थिए ।

गोलबजारस्थित भूमिजा अस्पतालमा भर्ना गरिएकी उनको अझै राम्ररी होस खुलेको छैन । कुटपिट र यातनाले उनको अनुहार, छाती सुन्निएको छ । बिजुलीको तारले कुटेको निलडाम शरीरभरी जताततै छ ।

भूमिजा अस्पतालका चिकित्सक हरि ठाकुरका अनुसार प्रियङ्काको टाउको, दायाँ कुम्भ, पिठ्यु र तल्लो पेटक गम्भिर चोट लागेको छ । तल्लो पेटमा चोट लागेको कारण अझैपनि उनको यौनाङ्गबाट रगत बगिरहेको जनाएको छ ।

प्रियङ्का पति ओमप्रकाश भनिने दुर्गाप्रसाद यादव, ससुरा हरिनारायण यादव र सासु अमृती यादवले तीन दिनसम्म घरभित्रै थुनी मुखमा कपडा कोचेर कुटपिट र यातना दिएको छिमेकीहरु बताउँछन् ।

सालमा सामाजिक परम्परा अनुसार ४ वर्ष अघि विवाह गरिएकी उनलाई पटक पटक दहेज भनेअनुसार नल्याएको भन्दै पति, सासु, ससुराले कुटपिट गरिरहेको छिमेकीहरुले बताए । विवाहको दुईवर्ष पछि अष्ट्रेलिया पढ्न जान तीन लाख मागेपछि ससुराली पक्षले दिन अस्वीकार गरेपछि नै उनीहरुबीच विवाद बढेको माइती पक्षको भनाई छ ।

प्रियङ्का बुबा भारत बिहार इनरुवा खजौलीका रामजुलुम यादवले विवाहमा चारलाख नगद, आठ तोला सुन र एउटा मोटरसाइकल दिएर विवाह गराएको बताए । उनले भने, ‘कान्छी छोरी भएकालेले उनलाई मैले सकेको राम्रै गरेको थिएँ । विवाह पछिपनि रकम माग्ने र छोरीलाई दुःख दिने गरेको थियो तर पनि पछिल्लो पटक पढ्न बाहिर जान्छु भन्दै छोरीमार्फत् फेरि तीन लाख रुपैयाँ माग्न थाले । ‘त्यत्रो रकम दिन नसकेपनि ‘ज्वाइँ नै हुन्  भनेर फेरि ४० हजार रुपैयाँ लिएका ज्वाइँ त कमाउन दुवई उडेछन् उनले भने ‘त्यसपछि छोरीलाई खान समेत नदिएर लगातार कुटपिट गर्न थालेपछि आफैंसँग लिएर गएँ ।

ज्वाँइ विदेश रहेको बेलामा पनि सासु ससुराले छोरीलाई दुःख र यातना दिनथालेपछि आफूले घरै लगेर राखेको यादवले बताए । पाँच महिना अघि तीन चार जना गाउँलेलाई सम्धीले छोरी लिन पठाएपछि चोरी पठाई दिएको उनले बताए । छोरी आएर राम्रै होला भन्ने लागेको थियो, गएको बैशाख २ गते ज्वाँई दुवइबाट घर आएपछि उनलाई फेरी दिनरात यातना दिन थालेको उनले बताए । यादवले भने हामी त भारतमै थियौं यहाँ छोरीलाई कुटेर मरणसन्न पारेको छ, अस्पताल भर्ना गरेको छ भने पछि आफूहरु भर्खर यहाँ आएको रामजुलुम यादवले बताए ।

इलाका प्रहरी कायाय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायका अनुसारका अनुसार प्रहरीले पीडितहरुको खोजी गरिहेको बताए । प्रियङ्काले पतिको नाममा मात्र उजुरी दिएकोले उनको खोजी भइरहेको छ, प्रहरीले भने, ‘बुवालाई ल्याएर छोरा छिटो ल्याउनु भनेर पठाएको छ, हाम्रो तर्फबाट पनि उनको खोजी गरिरहेको छु ।

महिलाको घाउ जाँचका लािग मंगलबार नै पत्र दिएको भएपनि त्यसदिन स्वास्थ्य चौकी बन्द रहेको र बुधबार उनको अत्यधिक रक्तश्रावका कारण हिड्नै नसक्ने भएकाले आजमात्रै उनको जाँच भएको बताएको छ ।

स्रोतः अन्नपूर्ण पोस्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: