भीमेश्वर नगरपालिकाको मेयरमा राप्रपाबाट देवकी


प्रकाशित मिति :2017-04-28 15:21:37

 सर्मिला बुढाथोकी

दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ ।

राप्रपाले मेयरमा प्रस्ताव गरेकी देवकी बुढाथोकी जिल्लामै एक्लो महिला प्रमुखको उम्मेदवार बनेकी छन् । उक्त पार्टीले उपमेयरमा भने पत्रकार राजन शिवाकोटीलाई सिफारिस गरेको छ । राप्रपाको तर्फबाट मेयरमा सिफारिसमा भीमेश्वर नगरपालिका ५ की देवकी राप्रपाको भातृ संगठन किसान संघको केन्द्रीय सदस्य पनि हुन् ।

दोलखाका प्रमुख राजनीतिक दल एमाले, कांग्रेस र माओवादीले स्थानिय तहको निर्वाचनको लागि गाँउपालिका तथा नगरपालिकामा धमाधम प्रमुख उपप्रमुखको नाम टुङ्गो लगाएको भएपनि महिला प्रमुख भने तीनवटै पार्टीले पनि बनाएको छैन ।

नेकपा एमाले दोलखाले जिल्लाको दुई नगरपालिका र सातै गाँउपालिकामा प्रमुख उपप्रमुखको उम्मेदवारको नाम टुङ्ग्याएको भएपनि सबै ठाँउमा महिलालाई उपप्रमुख मात्र बनाएको छ । एमालेको तर्फबाट कालिञ्चोक गाँउपालिकामा प्रमुखको दाबी गरेकी कालिका पाठक र तामाकोसी गाँउपालिकामा प्रमुखको दाबी गरेकी उर्मिला खड्का र विगु गाँउपालिकाको प्रमुखमा दाबी गर्ने गोमा केसी तीनैजनालाई उपप्रमुखको उम्मेदवार बनाएको छ । तामाकोसी गाँउपालिकामा प्रमुखमा दाबी गर्ने सिर्जना कार्कीलाई भने एमालेले उम्मेदवार नै बनाएन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: