क्यान्सर पीडित महिलालाई अमेरिकाबाट आर्थिक सहयोग


प्रकाशित मिति :2017-04-28 16:59:59

-महिला खबर –

काठमाडौं । क्यान्सर रोगबाट पीडित लमजुङ बेसिशहर नगरपालिका २ की कोपिला खड्कालाई उपचारका लागि अमेरिकामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

लमजुङ घर भई हाल अमेरिकाको बाल्टिमोरमा रहनुभएका अरुण अकाश श्रेष्ठले त्यहाँ रहेका नेपाली दाजुभाईहरुबाट एक लाख ७५ हजार रुपैयाँ संकलन गरि सहयोग गर्नुभएको हो । सहयोग रकम श्रेष्ठका बाबु जीवन कुमार श्रेष्ठले कोपिलालाई हस्तान्तरण गर्नुभएको थियो ।

उहाँले आर्थिक अवस्था कमजोर भएकी कोपिलाको उपचार खर्च अभावमा हुन नसकेको भन्ने थाहा पाएपछि छोरा अरुणले साथीहरुको समेत सहयोग लिएर रकम संकलन गरेको बताउनुभयो ।

कोपिलाले हाल चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छन् । उपचार गर्न खर्च अभाव भएको भन्दै कोपिलाले सहयोगका लागि अन्य संघ संस्थालाई समेत आग्रह गर्नुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: