-महिला खबर –
भक्तपुर । स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मात्रै ४२ जनाको नाम सिफारिस भएको छ । सिफारिस गरिएकामा एक जना पनि महिला परेका छैनन् ।
काँग्रेसको वडा तथा क्षेत्रीय समिति भक्तपुरले भक्तपुर नगरपालिकाका प्रमुखका लागि दुई जना, मध्यपुर थिमि नगरपािलका प्रमुखका लागि १० जना, सूर्यविनायक नगरपालिका प्रमुखको लागि १६ जना, र चाँगुनारायण नगरपालिकामा १४ जना पुरुषको नाम सिफारिस गरेको छ ।
चारवटै नगरपालिकामा महिला भने उपप्रमुखमा मात्रै सिफारिस गरिएका छन् । सबै नगरपालिकामा उपप्रमुखमा २३ महिलाको नाम सिफारिस भएको छ । यसमध्ये पनि सबैभन्दा बढी सूर्यविनायक नगरपालिकाको उपप्रमुखमा १० जना महिलालाई सिफारिस गरिएको छ ।
मेयरमा पुरुष आकांक्षी नै अत्याधिक भएकोले महिला सिफारिसमा नपरेको प्रष्टै देखिएको छ । धेरै आकांक्षी भएकोले समितिले अझै उम्मेदवारको छनौट गर्न नसेकको नेपाली कांग्रेस चुनाव प्रचार समितिका संयोजक केदार खड्काले बताउनुभयो ।
Comment Here!