धेरैजसो मानसिक समस्या छात्रामा


प्रकाशित मिति :2017-04-28 18:09:57

जुम्ला । जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुमा कक्षा तह बढ्दै जाँदा छात्रा संख्या पनि घट्दै जाने र मानसिक समस्या समेत देखिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

शिक्षा पत्रकार सञ्चार र जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको ‘जुम्लामा छात्राको अवस्था’ विषयक अन्र्तक्रियामा बोल्दै शिक्षिका बसन्ती महतले छोरीहरुमा छोराको भन्दा बढी घरायसी बोझ, किशोरी अवस्थामै विवाह लगायतका समस्याले मानसिक तनाव देखिने बताउनुभयो ।

यस्तै, शिक्षिका भगवती श्रेष्ठले छात्राहरुमाथि अहिलेपनि विद्यालयमा दुव्र्यवहार हुने गरेको भन्दै उनीहरुको सामाजिक प्रतिष्ठामा आघात पुगिरहेको बताउनुभयो । उहाँले थुप्रै घरायसी समस्याका कारण कक्षामा छात्राहरुको संख्या घट्ने गरेको समेत उल्लेख गर्नुभयो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले छोराछोरीलाई सरकारी र संस्थागत बोडिङ स्कूलमा पढाउने हुँदा विभेद देखिएको बताउनुभयो ।

जिल्ला शिक्षा अधिकारी कुलबहादुर फँडेराले अभिभावकहरुले समेत छोराहरुमा बढी लगानी गरेको बताउनुभयो ।

स्रोत व्यक्ति रामबहादुर चापागाईले विद्यालयमा छात्राहरुको संख्या बढाउन अभिभावहरुको ठूलो भूमिका हुने भएकोले उनीहरुले छोरीलाई पढ्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: