खोज पत्रकारिताले समाज उत्तरदायी बनाउँछः प्रजिअ ढकाल


प्रकाशित मिति :2017-04-30 13:53:15

-पार्वती पाण्डे-

कपिलवस्तु । प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले पत्रकारले समाजप्रति उत्तरदायी भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनु भएको छ ।

संचारिका समूह, इह्रिकन र जुरी नेपालको साझेदारीमा तौलिहवामा शुक्रबार आयोजित महिला र बालबालिकाका लागि न्यायमा पहँच सम्बन्धी ३ दिने खोज पत्रकारीता तालिमको समुद्घाटन गर्दै प्रजिअ ढकालले मिडियाले राज्यका अन्य अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई वाच डगको रुपमा काम गर्ने भएकोले पत्रकार सधैं जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रजिअ ढकालले गौतम बुद्धले २९ वर्ष बिताएको ऐतिहासिक जिल्ला भएपनि यहाँका महत्वपूर्ण सम्पदाहरु ओझेलमा परेको बताउँदै संचारकर्मीले प्राथमिकताका साथ यस्ता विषयमा लेख्नुपर्ने जनाउनु भयो । उहाँले खोज पत्रकारिता तालिमले खोजमूलक सामग्रीहरु प्रकाशन र प्रसारण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

‘प्रजातन्त्रलाई संस्थागत गर्न पनि पत्रकारहरुको महत्वपूर्ण भूमिका रहन्छ । अन्यायमा परेका महिला र बालबालिकाको न्यायको लागि प्रशासन सधै‌ं तयार रहने छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष एवं खोज पत्रकारिताका संयोजक शिव गाउँलेले अध्याँरोलाई उज्यालोमा लैजानु अर्थात अध्याँरो कोठामा बत्ति बाल्नु नै खोज पत्रकारिता भएको जनाउनुभयो । ‘खोज पत्रकारिताले मात्र असल पत्रकारको पहिचान दिन सक्छ । महिला र बालबालिकाका सवालमा राम्रो रिर्पोटिङ गर्ने जुनसुकै पत्रकारले राजनीति पनि राम्रो रिर्पोटिङ गर्न सक्छन्’, उहाँले भन्नुभयो ।

यसैगरी, संचारिका समूहका अध्यक्ष निर्मला शर्माले अन्यायमा परेका महिला र बालबालिकालाई खोजपत्रकारिताको माध्यमले न्यायमा पहुँच पुर्याउन तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले विगत दुई दशकदेखि संचारिकाले पत्रकार महिलाहरुको संख्यात्मक र गुणात्मक वृद्धिमा जोड दिएको बताउनुभयो । उहाँले अल्पसंख्यक, दलित, तथा समग्र महिलाको आवाजलाई संचारको माध्यमबाट राज्यको मूल प्रवाहिकरणमा ल्याउन समूहले सहयोग पुर्याएको उल्लेख गर्नुभयो ।

तालिममा कपिलवस्तु, सुदूर पूर्व, सुदूर पश्चिमका विभिन्न जिल्लाबाट १० महिला र १६ पुरुष गरी कुल २६ जना पत्रकारहरुको उपस्थिती रहेको छ । तालिम अाइतबार समापन हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: