सिकाइ केन्द्रमा कखरा सिक्दै महिला


प्रकाशित मिति :2017-04-30 16:08:56

बेलिना थापा

लमजुङ । बेंसीशहर नगरपालिका ३ की दमयन्ती बराल आजभोली गीत गुनगुनाउनुका साथै लेख्ने पनि गर्छिन् ।

स्कुले शिक्षाबाट वञ्चित बरालले बेंसीशहरमा रहेको लक्ष्मीनारायण सामुदायिक सिकाइ केन्द्रले संचालन गरेको प्रौढ शिक्षामा सहभागी भएपछि लेख्न सक्ने भएकी हुन् । ‘पहिले अक्षर कस्तो होला भन्थें तर, आजभोली सबै अक्षर चिन्न सक्ने भएकी छु’, उनी भन्छिन्, ‘आजभोली पढ्ने जाँगर पनि उत्तिकै बढेको छ ।’

बेंसीशहर ३ कै शोभा बराल पनि एबिसिडी (अंग्रेजी वर्णमाला) भनेको कस्तो होला भनेर सोच्ने गर्नुहुन्थ्यो । तर, अहिले उनी प्रष्टसँग ती शब्दहरु भन्न सक्नुहुन्छ । सिकाइ केन्द्रबाटै पाएको प्रौढ शिक्षाबाट उनले पनि मनमा लागेको कुरा कापीमा लेख्न थालेकी छन् ।

‘पहिले मुखले भन्ने मात्र गरिन्थ्यो, अहिले मनका कुरा लेख्ने गर्छु’, उहाँले भन्नुभयो, ‘अब त, कुनै नयाँ ठाउँमा जाँदा पनि यो ठाउँमा आएछु भनेर थाहा हुन्छ, साह्रै खुशी लाग्छ ।’ बजारतिर झुण्ड्याइका साइनबोर्डका अक्षर चिन्न सक्ने भएपछि थप कुरा पढ्न रहर लागेको उनी सुनाउँछिन् ।

महिलालाई लक्षित गरी कार्यक्रम संचालन गरेको लक्ष्मीनारायण सिकाइ केन्द जिल्लामै नमुना सिकाइ केन्द्रको रुपमा छनौट भएको छ । केन्द्रले दिएको चुरापोते तालिममा सहभागी भएकी बेंसीशहर ७ की कृष्ण घिमिरे केन्द्रले आफूलाई तालिम दिएर ठूलो गुन लगाएको बताउँछिन् ।

पाँचदिने चुरापोते तालिममा उनले चुरापोते, बाला, टप लगायतका सामाग्री बनाउन सिकेकी थिइन् ।   तालिमपछि उनले घर बसेरै यस्ता सामानहरु बनाउन थालेकी छन् । ‘यो तालिमले मेरो फुर्सदको समय सदुपयोग भएको छ, बनाएका सामान बेचेर आम्दानी पनि राम्रो भएको छ’, उनी भन्छिन् ।

प्रौढ शिक्षामा सहभागी भएकी बेंसीसहरकै सकुन्तला सोती अहिले मोबाइल चलाउन जान्ने भएकी छिन् । उनले पनि यसअघि औपचारिक शिक्षा पाएकी थिइनन् । उनी अहिले आफू मात्रै होइन, अरुलाई समेत पढ्न सिकाउँछिन् ।

०६७ मा लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको पहलमा स्थापना भएको सिकाइ केन्द्रले महिलाहरुको लागि अनौपचारिक शिक्षा संचालन, आयआर्जन, सीपमुलक कार्यक्रम संचालन गर्दै आएको छ । केन्द्रबाट संचालन भएका कार्यक्रमबाट महिलाहरुको आयआर्जनमा सहयोग, क्षमता अभिवृद्धि भएको केन्द्रका अध्यक्ष नारायणबहादुर सुँयल बताउँछन् ।

हालैमात्र सो केन्द्र अन्य ३२ जिल्लाका सिकाइ केन्द्रसँगै उत्कृष्टभित्र परेको छ । यो सँगै १० लाख रुपैयाँ बराबरको बजेट सहितको कार्यक्रम पनि जिल्लामा आएको छ । केन्द्रका अनुसार सो बजेटबाट जिल्लाका महिलाहरुलाई लक्षित गरी आयआर्जन, शिपमुलक, अनौपचारिक शिक्षा सम्बन्धी थप कार्यक्रम संचालन गरिने छ । यसले सीप सिक्न चाहने महिलालाई थप अवसर प्रदान गर्ने केन्द्रका अधिकारीहरु बताउँछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: