स्वर्गीय लामू अमात्य नेपालको पहिलो नर्स


प्रकाशित मिति :2017-04-30 18:30:12

महिला खबर

काठमाडौं । नेपालको पहिलो नर्स को हो भन्ने प्रश्नको उत्तर अब सजिलो भएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार नेपालको पहिलो नर्सको नाम घोषणा गरेको छ ।

७ माघ ०७३ मा भएको निर्णय बमोजिम स्वास्थ्य मन्त्रालयले स्वर्गीय लामू अमात्यलाई नेपालको पहिलो नर्स घोषणा गर्दै प्रमाणपत्र दिएको हो ।

स्वास्थ्य मन्त्री गगन थापाले पहिलो नर्सको आधिकारिक प्रमाणपत्र स्वर्गीय अमात्यका छोरा गायक योगेश्वर अमात्यलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन् ।

लामू विक्रम संवत् १९८८ माघ १४ गते दार्जलिङमा जन्मेकी थिइन् । उनले वि.सं.२०११ मा भारतको कलकता मेडिकल कलेजबाट नर्सिङ पढाइ पूरा गरेको छोरा योगेश्वर अमात्यले बताउनुभयो । योगेश्वरका अनुसार पढाइ सकाएपछि लामूले आफ्नै लगानीमा क्षेत्रपाटीमा नर्स स्कुल समेत खोलेकी थिइन् ।

उनले ३० फागुन २०१२ देखि नेपालमा नर्सका रुपमा सेवा दिन थालेकी थिइन् । स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तालिम परियोजनाबाट उनले काम सुरु गरेकी थिइन् । उनको निधन भने १९ जेठ ०६९ मा भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: