श्रमिक दिवसमा राष्ट्रपति भण्डारीको शुभकामना


प्रकाशित मिति :2017-05-01 12:26:45

-महिला खबर-

काठमाडौं । विश्व श्रमिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रत्येक वर्ष १ मे का दिन मनाइने दिवसको दिनको अवसरमा शुभकामना दिदैँ भण्डारीले आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाई खाने सम्पूर्ण श्रमजीविलाई विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका

श्रमीकलाई एकताको सुत्रमा बाँध्न सहयोग गर्ने बताउनुभएको छ ।
भण्डारीले भन्नुभयो “नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरुप लिँदैजाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने अपेक्षा गर्दछु ।”

राष्ट्रपति भण्डारीले लोकतान्त्रिक व्यवस्थामा सबै अटाउने, सबैको अधिकार सुनिश्चित हुने भएकाले सबै नेपाली श्रमिकले स्वदेश तथा विदेशमा श्रम गर्दा र पसिना बगाउँदा अनुकूल श्रम वातावरण, न्यायोचित कार्य घण्टा एवम् पारिश्रमिक, सामाजिक सुरक्षा लगायतका सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भनेर कामना गर्नुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: