ओखलढुंगामा चम्पा, रुकुममा कुमारी प्रमुखका उम्मेदवार


प्रकाशित मिति :2017-05-01 13:32:47

धनु राई

चम्पा कार्की                                                                         कमला बराल

ओखलढुंगा । स्थानीय चुनावका लागि जिल्लाबाट एकजना महिला प्रमुख पदमा उम्मेदवार बनेकी छन् । नेकपा माओवादी केन्द्रले नेता चम्पा कार्कीलाई सुनकोशी गाउँपालिका प्रमुखको उम्मेदवार बनाएको हो ।

अन्य गाउँपालिकाहरुमा धेरै महिला प्रमुखका लागि आकांक्षी रहेको भएपनि दलका पुरुष नेताहरुले महत्व नदिएको आकांक्षी महिलाहरुले बताएका छन् । गाउँपालिका प्रमुख पदका लागि आफू योग्य रहेको र जीत सुनिश्चित रहेको भन्दै उम्मेदवारी दिएकी मानेभञ्ज्याङ गाउँपालिकाका नेता सविता राईले महिला भएकै कारण आफ्नो उम्मेदवारी स्वीर्कान दलहरु हिच्किचाएको बताउनुभयो ।

अहिलेसम्म सिद्धिचरण नगरपालिकामा नेपाली कांग्रेसका उपमेयरमा हेमालक्ष्मी राई र माओवादीबाट चन्दाकुमारी छनोट भएका छन् । कुल ७ वटा गाउँपालिका र एक नगरपालिका रहेको ओखलढुंगा जिल्लामा हालसम्म प्रमुख र उपप्रमुख गरी तीन महिलाको  मात्र उम्मेदवारी परेको छ ।

चम्पा २०५४ देखि राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले माओवादी जनयुद्धमा भूमिगत रहँदा लडाँइमा परेर दाहिने हात समेत गुमाउनु भएको थियो । आफु निर्वाचित भएमा आफ्नो क्षेत्रका महिला, दलित र अपांगता भएका व्यक्तिका लागि विशेष कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।

यस्तै, माओवादी केन्द्रले रुकुम जिल्लाको सिस्ने गाउँपालिकाको मेयरमा कुमारी बराललाई उम्मेदवार बनाएको छ । उपमेयरमा भने गोर्वद्धन बुढालाई छनौट गरेको छ ।

कुमारी १५ वर्षदेखी पार्टीमा सक्रिय कार्यकर्ताका रुपमा काम गदै आउनुभएको छ । उहाँले पार्टीको जिम्मेवारी वहन गरेको र जनतासँग नजिक रहेर काम गरेको भनेर पार्टीले आफूलाई मेयरमा उठाएको बताउनुभयो । ‘पार्टीको जिम्मेवारी वहन र जनतासँग नजिक भएर काम गदै आएकी छु, त्यसैले पार्टीले मलाई मेयरको टिकट दिएको हो’, उहाँले भन्नुभयो ।

कुमारी सिस्ने गाउँपालिकाको माओवादी केन्द्रका अध्यक्ष पनि हुनुहुन्छ । उहाँ महाधिवेशन आयोजक समिति सदस्य, पार्टीको एरिया इन्चार्ज र राज्यसमिति सदस्य पनि हुनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: