एमालेको घोषणा पत्रः महिला विरुद्धका विभेदकारी कानूनको अन्त्य


प्रकाशित मिति :2017-05-02 11:00:16

महिला खबर

काठमाडौं । नेकपा एमालेले घोषणापत्रमा महिला विरुद्धका सम्पूर्ण विभेदकारी कानून, मान्यता र व्यवहारको अन्त्य गरिने आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ । पार्टीले सोमबार ५२ पृष्ठको लामो घोषणापत्र जारी गर्दै राष्ट्रिय जीवनका सबै क्षेत्रमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिताको हकलाई सुनिश्चित गर्ने जनाएको छ ।

घोषणापत्रमा महिला विरुद्धका सबै किसिमका हिंसा अन्त्य गर्न प्रभावकारी कदम चालिने, शिक्षा, स्वास्थ्य, न्याय, कानून व्यवसायी, लेखा, सामाजिक सुरक्षा, वित्तीय तथा बैंकिङ क्षेत्रमा महिलालाई विशेष प्राथमिकताका आधारमा रोजगारी प्रदान गरिने जनाएको छ । यस्तै सुरक्षा निकायमा महिलाको सहभागिता वृद्धि गर्ने, बालविवाह, बहुविवाहलाई पूर्णतः निषेत्र गरिने, महिला विरुद्ध हने विभेदको अन्त्यका लागि नेकपा एमालेले स्वीकृत गरेको आचारसंहिता कडाईका साथ लागु गर्ने उल्लेख गरिएको छ ।

राजनीतिक दलको सङगठानात्मक संरचनामा महिलाको न्युनतम ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्न र नेतृत्वमा समेत स्थान सुरक्षित गर्न संसदमा विधेयक प्रस्तुत गरिने घोषणापत्रमा उल्लेख गरेको छ । यस्तै सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ठ ५ हजार भत्ता दिने र कामकाजी महिलालाई सुत्केरी विदा १४ हप्तासम्म दिने उल्लेख गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: