सुत्केरी महिलालाई बोक्ने साधन छैन


प्रकाशित मिति :2017-05-02 11:02:27

डीबी विष्ट

बझाङ । शुक्रबार राति करीब १२ बजेको समय । तलकोट गाँउपालिका १ विकुलीकी बसन्ती देवी बमलाई सुत्केरी व्यथा लाग्यो । व्यथा लागेको केही समयमै बच्चा जन्मियो तर, साल झरेन । बसन्तीको अवस्था देखेर आत्तिएका श्रीमान् मान बहादुर श्रीमतीलाई अस्पताल लान तम्सिए तर, वरपर छरछिमेक चहार्दा पनि अस्पतालसम्म पुर्याउन केही साधन भेटेनन् ।

विकुलीबाट नजिक पर्ने सुनीकोट स्वास्थ्य चौकी पुग्न दुई घन्टा लाग्छ । सुत्केरी भएकी बसन्तीको अवस्था गम्भीर हँुदै जान थालेपछि मान बहादुरले गाउँलेलाई गुहारे । इन्तु न चिन्तु अवस्थाकी बसन्तीलाई अस्पतालसम्म लानु चूनौतिपूर्ण थियो । बसन्तीको अवस्था अझ बिग्रँदै गएपछि सबै मिलेर डोकोमै भएपनि लाने प्रयास गरे । तर, डोकोमा लैजान निकै गाह्रो भएपछि गाउँले नै समस्यामा परे । उता सुत्केरी बसन्तीको अवस्था झन् गम्भीर बन्दै गइरहेको थियो ।

‘आधा साल बाहिर थियो, आधा चाँहि भित्र । एक घन्टा सम्म साल नझरेपछि डोकोमा नै अस्पताल लाने कोसिस गर्यौं । तर, रगत पनि बगिरहेको र डोकोमा पनि बस्न सक्ने स्थिती नै नभएपछि ठूलो समस्यामा पर्यौं’, मान बहादुरले भने ।

आत्तिएका मान बहादुर तुरुन्तै घर नजिकको जंगलमा पुगे र दुई वटा लामो काठको लट्ठी काटेर ल्याए । त्यसपछि, वरपर त्यही काठ राखे र बिचमा कम्बल राखेर नरम बनाए । अनी, बिचबिचमा सियोले सिएर स्ट्रेचरको रुप दिए र त्यसैमा श्रीमतीलाई राखेर स्वास्थ्य चौकी पुगे ।

‘रैसेल्लीमा त एक स्टेचर थियो रे तर, त्यहाँ पुग्न दुई घन्टा लाग्ने रहेछ, त्यसैले आफैंले स्ट्रेचर बनायौं’, मान बहादुर सुनाउँछन् । उनले राती नै सुनिकोट स्वास्थ्य चौकीका अहेब राजु विकलाई खबर गरिसकेका थिए । अहेब विकलाई बाटैमा भेटेपछि उनले तत्काल बसन्तीलाई सलाइन पानी दिएका थिए ।

अहेब विकले अस्पतालसम्म आइनपुगेको भए बसन्तीको ज्यान जोगाउन मुश्किल पर्ने बताए । ‘बिरामी बोक्ने स्ट्रेचर नभएको होइन, त्यसलाई अहिले अर्कै गाउँमा लगिएको छ । एउटै स्ट्रेचर तर, गाउँ ठूलो भएकोले चाहिएको बेला भेट्न निकै मुश्किल पर्छ’, उनले भने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: