नयाँशक्तिको घोषणापत्र: समान कामको समान ज्याला


विरामीको ओसारपसार गर्न पाँच वटा हेलिकप्टरको व्यवस्था

प्रकाशित मिति :2017-05-02 15:09:06

महिला खबर

काठमाडौं । नयाँशक्ति पार्टीले स्थानीय तहको चुनावका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।  कुल ५२ पृष्ठ घोषणापत्र सार्वजनिक गरेको नयाँशक्तिले समान कामको समान ज्यालाको नीति कार्यान्वयन गर्ने बताएको छ । घोषणापत्रमा भनिएको छ ‘महिला र पुरुषको लागि समान कामको समान ज्यालाको नीति कार्यान्वयन गरिनेछ ।’

त्यसैगरी नयाँशक्तिले कर्णाली लगायत विकट र दुर्गम क्षेत्रमा समयमा अस्पताल पुग्न नसकेर ज्यान गुमाइरहनु परेकोले महिला र आपतकालीन विरामीको ओसारपसार गर्नका लागि तत्काल ५ वटा हेलिकप्टरको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

नयाँशक्ति पार्टीको घोषणापत्रमा लैङ्गिक एजेण्डा

१‍‌.हरेक प्रदेशमा ५ सय सैयाका २ वटा ठुला अस्पताल खोलिनेछ । १५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ ।

२.पूर्ण शारीरिक अपाङ्गता भएका, गर्भवती, एकल महिला, द्वन्द पीडित, दलित समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक, गरीबीको रेखामुनिका परिवारका लागि स्वास्थ्य सेवामा ७५ प्रतिशत छुटको व्यवस्था गरिनेछ र त्यो पनि नसके निःशुल्क गरिनेछ ।

३. गर्भवती महिलालाई निःशुल्क नर्सिङ्ग सेवा र सुत्केरी सेवा दिइनेछ । किसान मजदुर क्षेत्रका महिलालाई सुत्केरी हँुदा पोषणभत्ता दिने व्यवस्था गरिनेछ । साथै  स्तन क्यान्सर, पाठेघर खस्ने, पिसाव चुहिने लगायतको उपचार निःशुल्क गरिनेछ ।

४. सबै अंगमा समावेशी समानुपातिक प्रतिनिधित्वको हकलाई कडाइपूर्वक, नेपालको संविधानमा उल्लेखित महिलाको सबै क्षेत्रमा समानता र राज्यका सबै अंगमा समावेशी समानुपातिक प्रतिनिधित्वको हकलाई कडाइपूर्वक कार्यान्वयनमा ल्याउने व्यवस्था गरिनेछ ।

५. महिला हिंसाको अन्त्यका लागि फाष्ट ट्रयाक महिला न्याय यूनिटको व्यवस्था हुनेछ । हिंसा पीडित महिलालाई राज्यले नै क्षतिपूर्ति दिने प्रवन्ध गरिनेछ । भने दोषीलाई कडाइपूर्वक दण्डित गर्ने व्यवस्था गरिनेछ ।

६. कृषि, कुटिर तथा साना उद्योग र व्यवसाय जस्ता विषयमा महिला सशक्तीकरण’ कार्यक्रम सञ्चालन गरी महिलाको क्षमता अभिवृद्धि तथा सशक्तीकरण गरिनेछ । महिलालाई उत्पादनमूलक तथा रोजगारीमूलक उद्यम गर्न चाहेमा १० वर्षका लागि रू. १ करोड सम्म ऋण दिने र त्यसको ब्याज ५ प्रतिशत मात्र गरिनेछ ।

७ .संयुक्त धनी पुर्जाको नीति अनुरूप सम्पूर्ण महिलालाई जमीनको आधा हिस्सा दिने व्यवस्था गरिनेछ । यसले ग्रामीण महिलाको सम्पत्तिमा समान हकको सुनिश्चितता गर्नेछ ।

८.दलित, अल्पसंख्यक, शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि रोजगारी सम्बन्धी क्षमता अभिवृद्धि तथा सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्न हरेक स्थानीय तहलाई वार्षिक रुपमा रू. ५० लाखसम्म बजेट प्रवाह गरिनेछ । दलित, अल्पसंख्यक, शारीरिक अपाङ्गता भएका व्यक्तिले उत्पादनमुलक तथा रोजगारीमुलक उद्यम गर्न चाहेमा १० वर्षका लागि रु.१ करोड सम्म ऋण दिने र त्यसको ब्याज ५ प्रतिशत मात्र गरिनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: