आफ्नै योग्यताले टिकट पायौंः महिला उम्मेदवार


प्रकाशित मिति :2017-05-02 15:40:05

सर्मिला बुढाथोकी

कल्पना भण्डारी                               शान्तिकुमारी तामाङ                                              उर्मिला खड्का

दोलखा । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवार बनेका दोलखाका महिलाहरुले आफ्नो उम्मेदवारीमा श्रीमानको नाम जोडिदा दुःख लागेको बताएका छन् । पार्टीमा लागेर राजनीति र सामाजिक काममा सक्रिय भइ महत्वपूर्ण योगदान पुर्याउँदा पनि राजनीतिमा सक्रिय भएकै कारण श्रीमानको नाम आफूहरुको उम्मेदवारीमा जोडिनु दुःखद भएको उनीहरुको भनाइ छ ।

दोलखाको मेलुङ गाँउपालिकामा एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवार बन्नुभएकी कल्पना भण्डारी ०४० सालमा गाँउपार्टी सदस्य तथा ०४३ मा अनेमसंघको जिल्ला अध्यक्ष चुनिएकी थिइन् । आफूले लामो समयदेखि राजनीति गरेको सो अवधिमा विभिन्न पदमा रहेर सक्रियतापूर्वक काम गरिसकेको भएपनि अहिले उम्मेदवार बन्ने बेलामा श्रीमानको कारणले टिकट पाएको भनेर हल्ला चलाउँदा दुःख लागेको उहाँको भनाइ छ । कल्पनाका श्रीमान शिवप्रसाद भण्डारी एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य छन् ।

‘म राजनीति बुझेको मान्छे हुँ, मैले भूमिगत कालदेखीनै पार्टीमा काम गरेको छु र सामाजिक काममा पनि निरन्तर सक्रिय छु, मलाइ टिकट लिन आफ्नै योग्यताले पुग्छ’, उहाँ भन्नुहुन्छ, ‘पार्टीले मलाई एमालेको केन्द्रीय अनुशासन आयोगको सदस्यको श्रीमती भएकोले टिकट दिएको हो जस्तो लाग्दैन । पुरुषहरुको स्वार्थ बाझिँदा महिलालाई आरोपित गर्नु अनुचित छ ।’

मेलुङ गाँउपालिका उपप्रमुख पदको लागि योग्य रहेको दाबी गर्दै कल्पनाले श्रीमानको नाम जोडेर आफ्नो गलत प्रचार नगर्न सबैलाई आग्रह गर्नुभयो । ‘म मेलुङ गाँउपालिकाको उपप्रमुख भएर राम्रो काम गरेर देखाउँछु, यदि मैले काम गर्न सकिन भने आलोचना स्वीकार्न तयार छु तर, अनावश्यक आरोप नलगाइयोस् ।’

एमाले नेता शान्तिकुमारी तामाङ पनि बैतेश्वर गाँउपालिकामा एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवार छिन् । ०३८ देखि अनेरास्ववियुको सदस्य हुँदै राजनीति सुरु गरेकी तामाङले ०४७ पछि पार्टीभित्र विभिन्न कमिटीको जिम्मेवारी पनि वहन गरिसकेकी छन् । हाल उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको नेता समेत हुन् । तर, श्रीमान् धर्मेन्द्र मोक्तान एमाले प्रचार विभाग प्रमुख भएकोले उम्मेदवारको टिकट पाएको आरोप अहिले शान्तिकुमारीले खेपिरहेकी छिन् ।

‘मैले नेताको श्रीमती भएकोले हैन, राजनीतिकर्मीको रुपमा गाँउपालिकामा नेतृत्व गर्न सक्छु भनेर उपप्रमुखको दाबी गरेको हो । पार्टीले पनि योग्य ठानेर नै मलाई उम्मेदवार बनायो’, शान्तिकुमारी भन्छिन्, ‘घरायसी सम्बन्ध बाहेक राजनीतिक रुपमा हाम्रो कुनै लेनदेन नै छैन, फेरी मलाई टिकटको लागि श्रीमानको नाता किन जोड्नुप¥यो ?’

एमालेको तर्फबाट तामाकोसी गाउँपालिकामा उपप्रमुखको दाबेदार उर्मिला खड्का पनि एमाले जिल्ला कमिटी सदस्य शान्त केसीकी श्रीमती हुन् । उनलाई पनि नेताको श्रीमती भएकोले टिकट पाएको भन्ने आरोप लाग्ने गरेको छ । उनको भने आफू राजनीतिक र सामाजिक रुपमा गाँउपालिकामा नेतृत्व गर्न सक्षम भएकोले पार्टीले उम्मेदवार बनाएको दाबी छ । ‘मेरो उम्मेदवारीमा श्रीमानको कुनै भूमिका छैन । मैले दाबी गरेपछि पार्टीले पनि योग्य ठानेर उम्मेदवार बनाएको हो, अर्को ढङ्गले आलोचना गर्नु उपयुक्त हुँदैन ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: