गठबन्धनले महिला मारमा


प्रकाशित मिति :2017-05-02 19:11:01

महिला खबर

उम्मेदवारी दर्ता गर्न आएका महिला ।

काठमाडौं । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा राप्रपा र एमालेको गठबन्धनका कारण महिला मारमा परेका छन् । प्रमुख या उपप्रमुख मध्ये एक महिला हुनुपर्ने व्यवस्था भए पनी दुवै पार्टीले पुरुष उम्मेदवार उठाएका हुन् ।

एमालेका नेता तथा अन्तरपार्टी महिला सञ्जालकी उपाध्यक्ष सावित्रा भुसालले अहिलेको निर्वाचनमा आफुले ठुलो पाठ सिकेको वताउनुभएको छ । उहाँले भन्नुभयो ‘निर्वाचनको समयमा पार्टीको हित नै प्रमुख हुँदो रहेछ, पार्टीले यो निर्णय समयसापेक्ष, परिस्थिति अनुसार गरेको हो, महिला प्रमुख वा उपप्रमुखमा नआउँदा आफैभित्र पिडा त छ, यो निर्वाचनले मैले ठुलो पाठ सिकेकी छु ।’

महानगरमा विवेकशिल दलले २१ वर्षिय रञ्जु न्यौपाने(दर्शना)लाई मेयरमा उठाएको छ । त्यसैगरी राप्रपाले पोखरा महानगरपालिकामा गिता गुरुङलाई मेयरमा उठाएको छ । त्यसैगरी माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाललाई अघि सारेको छ । बाँकी सवै महानगरपालिकामा महिला उपमेयरमै सिमित छन् ।

वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय निर्वाचनको लागि आज १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता भैरहेको थियो । पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: