चुनावमा भिड्दै पत्रकार महिला


प्रकाशित मिति :2017-05-03 10:40:08

महिला खबर

काठमाडौं ।  स्थानीय तह निर्वाचनको लागि पत्रकार महिलाले  आफ्नो उम्मेदवारी दिएका छन् । उनीहरु सामाजिक सेवालाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन स्थानीय तहको निर्वाचनमा अघि सरेका हुन् ।

पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा कांग्रेसले पत्रकार सरस्वती गुरुङलाई उठाएको छ । सरस्वती कास्की आवाज राष्ट्रिय दैनिककी अध्यक्ष, रेडियो अन्नपूर्णकी सिनियर आरजे, पत्रकार महासंघको केन्द्रिय पार्षद हुन् ।

सिन्धुपाल्चोकको सुनकोसि गाउँपालिकाको उपाध्क्षय पत्रकार लक्ष्मी पौडेल उम्मेदवार हुन्  । पौडेल पत्रकार महासंघ सिन्धुपाल्चोकको पार्षद हुन् ।

कांग्रेसवाटै  काभ्रेको देउपुर नगरपालिकाको उपमेयरमा पत्रकार ह्याप्पी (राधिका) ढकाललाई उम्मेदवार बनाएको छ । ढकाल थाहा सञ्चार र कारोवार दैनिकमा आवद्ध छिन् ।

त्यसैगरी भरतपुर महानगरपालिकाको उपमेयरमा राप्रपाले पत्रकार रीना गुरुङलाई उठाएको छ । गुरुङ कालिका एफएमकी स्टेशन म्यानेजर तथा टिभि कालिकाकी निर्देशक हुन् ।

नेकपा माओवादी केन्द्रले माडीको उपमेयरमा पत्रकार सरिता महत्तोलाई उम्मेदवार घोषणा गरेको हो । केन्द्रले पत्रकार गंगा बराललाई  धरान उपमहानगरपालिकाको उपमेयरमा सिफारिस गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: