महानगर प्रमुखमा तीन महिला उम्मेदवार


कांग्रेस र एमालेका महिला उम्मेदवार उपमै सिमित

प्रकाशित मिति :2017-05-03 19:45:23

खेमा बस्नेत

रञ्जु न्यौपाने (दर्शना)                                                   रेणु दाहाल                                                         गीता गुरुङ

काठमाडौं । चार मध्ये तीन महानगरपालिकामा प्रमुख पदको लागि महिला उम्मेदवार छनौट भएका छन् । काठमाडौं, भरतपुर र पोखरा महानगरपालिकाका प्रमुखमा महिलाको उम्मेदवारी सुनिश्चित भएको हो ।  ललितपुर महानगर प्रमुखमा भने कुनै दलका पनि महिला उम्मेदवार छैनन् ।

काठमाडौंमा विवेकशील दलले रञ्जु न्यौपाने (दर्शना), भरतपुरमा माओवादी केन्द्रले रेणु दाहाल र पोखरामा राप्रपाले गीता गुरुङलाई मेयरमा उम्मेदवार बनाएको छ । चारवटै महानगरपालिकामा दुई ठूला दल कांग्रेस र एमालेले भने महिलालाई उपमै सिमित राखेका छन् ।

स्थानीय तहको निर्वाचनका लागि तीनवटै प्रदेशका चारवटा महानगरपालिका, एक उपमहानगरपालिका, ९२ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख, १८६ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको मनोनयन दर्तामा अधिकांश महिला उम्मेदवार उपप्रमुखमा सिमित भएका छन् ।

राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गर्दा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान अनुसार दलहरुले प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिलाको उम्मेदवारी दिनुपर्ने व्यवस्था छ ।

कतिपय स्थानमा दलहरुको गठबन्धनका कारण दुवै पदमा महिला आउन नसक्ने स्थिती बनेको छ । राप्रपा र एमालेको गठबन्धनका कारण काठमाडौं महानगरमा पुरुष उम्मेदवार उठाउँदा महिला आउन सकेनन् ।

त्यसैगरी, महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका १ हजार ९१ र गाउँपालिकाका १ हजार ३६५ वडाका २ हजार ५९८ वडाध्यक्षले पनि मनोनयन दर्ता गराएका छन् ।

वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । २ हजार ५ सय  ९८ वडाका एक दलित सहित दुई महिला गर्दा कुल ५ हजार १ सय ९६ वडा सदस्य पदका लागि महिलाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगका प्रवक्त्ता तथा सहचिव सुर्यप्रसाद शर्माले अहिलेसम्म २२७ स्थानीय तहको मनोनयन भएको बताउनुभएको छ । उहाँले कुन पदमा महिला उम्मेदवारी दर्ता गरियो, कहाँ खाली भयो भन्ने तथ्याङ्क आउन बाँकी रहेको जानकारी दिनुभयो ।

काठमाडौं सहित प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा वैशाख ३१ गते निर्वाचन हुँदैछ ।

हालसम्म प्राप्त तथ्याङ्क अनुसार यी प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकामा प्रमुख पदका महिला उम्मेदवार

नेपाली काँग्रेस
गंगा दाहाल (दुधौली नगरपालिका, सिन्धुली), पवित्रा महत (थाहा नगरपालिका), माया राना (म्याग्दे गाउँपालिका, तनहुँ), छुपीमाया गुरुङ (दुधपोखरी गाउँपालिका, लमजुङ), अनिता लामा (चामे गाउँपालिका, मनाङ), गण्डकी थापा अधिकारी (डीगाड गाउँपालिका, बाग्लुङ), कान्तिका सेजुवाल (चन्दनाथ नगरपालिका,जुम्ला), लक्ष्मी पाण्ड (हुस्सेकोट गाउँपालिका, नवलपरासी)।

नेकपा माओवादी केन्द्र
प्रतिमा श्रेष्ठ (मध्यपुर थिमी नगरपालिका), सावित्रादेवी पाण्डे गजुरेल (कमलामाई नगरपालिका, सिन्धुली), दीपा बोहरा (सुनकोसी गाउँपालिका), रेणु दाहाल (भरतपुर महानगरपालिका, चितवन),सरस्वती लामा (कविता) (धुलिखेल नगरपालिका, काभ्रे), रीता ढकाल (मण्डन देउपुर नगरपालिका), लक्ष्मी थापामगर (ज्वालामुखी गाउँपालिका, धादिङ), कुमारी मोक्तान ( हेटौंडा उपमहानगरपालिका), कल्पना कार्की (आँधीखोला गाउँपालिका), जानुका सापकोटा (पनौती नगरपालिका), राधा सापकोटा (मादी गाउँपालिका, कास्की), प्रविणा अधिकारी (माछापुच्छे गाउँपालिका), लक्ष्मी लामा (नाशोङ गाउँपालिका, मनाङ), जुनकुमारी बोहोरा (ठूली भेरी नगरपालिका, डोल्पा), सुष्मा खनाल (मध्यविन्दु नगरपालिका, नवलपरासी) ।

नेकपा एमाले
विन्दा ढुंगाना (सूर्यगढी गाउँपालिका, नुवाकोट), सीता अधिकारी (कालिका गाउँपालिका, रसुवा), दिलकुमारी छन्त्याल (तमानखोला गाउँपालिका, वाग्लुङ), भगवती न्यौपाने (भानु नगरपालिका, तनहँु), चन्द्रा पुन (कावासोती नगरपालिका), सीमा क्षेत्री (पुतलीबजार नगरपालिका, स्याङजा), भीमलादेवी चन्द (दार्मा गाउँपालिका, सल्यान), दानकला सिंह (महावै नगरपालिका, कालिकोट) ।

राष्ट्रिय प्रजातन्त्र पार्टी
गीता गुरुङ (पोखरा लेखनाथ महानगरपालिका, कास्की), लक्ष्मी जिम्बा (बकैया गाउँपालिका, मकवानपुर), देवकी बुढाथोकी (भीमेश्वर नगरपालिका, दोलखा), गंगा लामा (हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक), शोभा शाही (भेरी नगरपालिका, जाजरकोट), अलिसा नेपाली (दार्मा गाउँपालिका, सल्यान)।

विवेकशील दल
रञ्जु न्यौपाने (दर्शना) (काठमाडौं महानगरपालिका)

परिवार दल
हरिप्रिया अधिकारी (सूर्यगढी गाउँपालिका, नुवाकोट)

नेपाल मजदुर किसान पार्टी  
शोभा त्वाती (सूर्यविनायक नगरपालिका, भक्तपुर)

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: