महाअभियोग प्रस्ताव फिर्ता लिन माग


प्रकाशित मिति :2017-05-04 15:26:58

-महिला खबर –

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध लगाइएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन बुधबार पनि विरोधका कार्यक्रमहरु गरिएको छ ।

साझा अभियानले बुधबार बिहान माइतीघर मण्डलामा विभिन्न प्लेकार्ड सहित एक घन्टा धर्ना दिएकोे थियो । सो अवसरमा अभियन्ता लीली थापाले अन्याय अत्याचारविरुद्ध बोल्ने न्यायालयमाथि नै राजनीतिक दुष्प्रयास भएको भन्दै महाअभियोग तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो ।

यस्तै, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले महाअभियोगको विरोधमा र्यालीको आयोजना गरेको थियो ।  माइतीघर मण्डलादेखि सुरु भएको र्याली नयाँ बानेश्वर पुगेर टुंगिएको थियो । र्यालीमा महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दै  नारा लगाइएको थियो ।

नेपाल बार एशोसिएशनले पनि महाअभियोग प्रस्ताव अविलम्व फिर्ता लिन माग गरेको छ । एसोसिएशनद्धारा जारी प्रेस विज्ञप्तीमा महाअभियोग प्रस्ताव शक्तिपृथकीकरणको सिद्धान्त, विधिको शासन एव स्वतन्त्र न्यायापालिका माथिको ठाडो हस्तक्षेप भएको ठहर गरेको छ ।

यस्तै, न्यायपालिका बचाउ अभियानले काठमाडौंको वसन्तपुरमा ऐक्यवद्धता जाहेर गर्दै व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता .लिन माग गरेको छ । कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बिना प्रमाण लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्नुभयो ।

कार्यक्रममा सहभागी मानवअधिकारकर्मी कृष्ण पहाडीले कार्की विरुद्ध महाअभियोग प्रस्ताव ल्याउनु गलत भएको बताउनुभयो । अर्का सहभागी नेपाल बार एशोसियसनका उपाध्यक्ष उषा मल्ल पाठकले कार्की विरुद्धको महाअभियोग प्रस्ताव दर्ता गर्नु स्वतन्त्र न्यायपालिकामाथिको ठाडो हस्तक्षेप भएको बताउनुभयो ।

मानअधिकारकर्मी सुबोध प्याकुरेल र पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले महाअभियोग प्रस्ताव न्यायालयको सर्वोच्चतामा प्रहार गर्नु गलत भएको बताउनुभयो । यस्तै, वरिष्ठ अधिवक्ताहरु विश्वकान्त मैनाली, श्रीहरि अर्याल, डा.गोविन्द केसी, डा. द्धारिका ढुंगेल, साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र लगायतले कार्की विरुद्धको महाअभियोग फिर्ता लिन माग गरेका थिए ।

यस्तै महाअभियोगविरुद्ध युवा संघ नेपाल जीतपुर–सिमरा नगर कमिटिले सिमरामा प्रदर्शन गरेको छ । महाअभियोग प्रस्ताव प्रतिशोधपूर्ण रहेको भन्दै युवा संघले प्रस्ताव अविलम्ब फिर्ता लिन माग गरेको हो । न्यायपालिकामाथिको हस्तक्षेप तत्काल बन्द नगरिए कडा आन्दोलनमा उत्रिन चेतावनी दिएको छ ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदहरुले यही वैशाख १७ गते कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: