सम्पादक घले अमेरिकामा सम्मानित


प्रकाशित मिति :2017-05-04 17:05:02

-महिला खबर –

काठमाडौं । महिला खबर अनलाइनकी सम्पादक प्रेमकुमारी घले अमेरिकामा सम्मानित हुनुभएको छ । महिला खबर सञ्चारिका समूहद्धारा सञ्चालित नेपालको पहिलो डिजीटल पत्रिका हो ।

संयुक्त राष्टसंघ आदिवासी जनजाति स्थायी मञ्च (युएन परमानेन्ट फोरम अन इन्डीजिनियस इस्यु) मा सहभागी हुन अमेरिका पुग्नुभएकी घलेलाई न्यूयोर्क शहरमा रहेको तमू परिवारले सम्मान गरेको हो । सम्पादक घलेसँगै तमू परिवारले फोरममा सहभागी राष्ट्रिय अपांग महिला संघका अध्यक्ष प्रतिमा गुरुङ र पत्रकार मच्छे गुरुङलाई पनि सम्मान गरेको छ ।

उहाँहरूलाई तमु परिवार न्यूयोर्कका अध्यक्ष डम्बर बहादुर गुरुड, उपाध्यक्ष मनिता गुरुड, सचिव डिबी गुरुड लगायतले सम्मान गर्नुभएको हो ।
गुरुड समुदायमा जन्मेर आफ्नो समुदाय र राज्यका लागि महत्त्वपूर्ण योगदान पुरयाएको र शक्तिशाली देश अमेरिकाको मुख्यालयसम्म आवाज उठाउन सफल भएको भन्दै उहाँहरूलाई सम्मान गरिएको तमु परिवारले जनाएको छ ।

विगत १२ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल घले हाल संचारिका समूहद्धारा संचालित महिला खबरको सम्पादक हुनुहुन्छ । उहाँ लमजुडको सामुदायिक रेडियो मस्र्याडदीका सचिव तथा निर्वातमान स्टेसन म्यानेजर, पूर्व कान्तिपुर संवाददाता, सामुदायिक रेडियो प्रसारक सङ्घको केन्द्रीय सदस्य लगायत विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

राष्टिय आदिवासी जनजाति अपांग महिला संघनेपालका अध्यक्ष प्रतिमा गुरुड पद्यमकन्या क्याम्पसका प्राध्यापक तथा लैगिक तथा अपांगता भएका जनजाति महिलाको क्षेत्रमा लामो समयदेखि क्रियाशील हुनुहुन्छ । पत्रकारिता र वकालत पेसामा लामो समय काम गर्नुभएका मच्छे डेढ वर्षदेखि अमेरिकामा अध्ययनरत हुनुहुन्छ । नेपालमा हुदाँ उहाँ संचारिक समूह, रेडियो सगरमाथा लगायतका संचार संस्थामा कार्यरत हुनुहुन्थ्यो ।

के हो युएन परमान्नेट फोरम ?

संयुक्त राष्ट्रसंघ आदिवासी जनजाति स्थायी मञ्च (युएन परमानेन्ट फोरम अन इन्डीजिनियस इस्यु) विश्वभरका आदिवासी जनजाति समुदायको आवाज उठाउने उच्चस्तरीय मञ्च हो । यसको हरेक वर्ष हुने सभाले जनजातिहरूको सवाल पहिचान गर्नुका साथै विश्वका हरेक राष्ट्रलाई आफ्नो सवाललाई सम्बोधन गर्न दबाब सृजना गर्दछ । यस पटक अप्रिल २४ बाट सुरु भएको १६ औँ सभाले युवा, महिला र अपांगता भएकाहरुको विषयलाई विशेष जोड दिएको छ ।

खासगरि सभामा आदिवासी जनजातिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सघिय घोषणापत्रको १० औँ वर्षको अनुमोदनको अवस्था कार्यान्वयनको स्थिति, दिगो विकास लक्ष्य २०३०, आदिवासी जनजातिहरूको नविनतम जल्दाबल्दा मुद्धाहरु, संयुक्त राष्टसंघमा जनजातिको अर्थपूर्ण सहभागिता जस्ता विषयमा छलफल केन्द्रित रहेको छ ।

यी विषयहरूमा गरिएको छलफलबाट सभाको अन्तिम दिन मे ५ मा १६ औँ सभाको प्रतिवेदन जारी गर्नेछ । त्यही प्रतिवेदन तथा प्रतिबद्धताको आधारमा हरेक राज्यले आफ्नो नितिनियम, कानुन तथा योजना बनाउन र कार्यान्यवन गर्न दबाब सृजना गर्दछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: