रसुवामा दलित महिलाको पद खाली


प्रकाशित मिति :2017-05-04 18:13:03

-खेमा बस्नेत-

काठमाडौं । रसुवाका तीन गाउँपालिकाका ६ वटा वडाहरुमा दलित महिलाको पद खाली भएको छ ।

गाेसाइँकुण्ड गाउँपालिकाका ६ वटा वडामध्ये वडा नं. १, २, ३ र ४ मा कुनै पनि दलबाट दलित महिलाको उम्मेदवारी नपर्दा चार वडामा दलित महिलाको पद खाली भएको छ । कालिका गाउँपालिकाका ५ वडा मध्ये वडा नं. १ मा मात्रै दलित महिलाको उम्मेदवारी परेको छैन भने नौकुण्ड गाउँपालिकाका ५ वटा वडामध्ये वडा नं. ४ मा दलित महिलाको पद खाली भएको छ ।

रसुवाका मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले सो गाउँपालिकाका ६ वटा वडामध्ये ४ वटा वडामा दलित महिलाको उम्मेदवारी नपरेको जानकारी दिनुभयो । उहाँले ५ र ६ नं वडामा नेपाली काँग्रेस र नेकपा एमालेले दलित महिलालाई वडा सदस्यमा उठाएको जानकारी दिनुभयो ।

रसुवाका काँग्रेस नेता तेम्वा छिरिङ तामाङले ६ वटा वडामा दलित नै नभएका कारण दलित महिलाको पद खाली हुन पुगेको बताउनुभयो ।

एमाले नेता तथा सांसद जनार्दन ढकालले वडामा दलित बस्ती नभएका कारण दलित महिला वडा सदस्य उठाउन नसकिएको बताउनुभयो । उहाँले वडामा दुई महिला सदस्यमा एक दलित महिला अनिवार्य हुनैपर्ने व्यवस्थाले दलित नभएको स्थानमा खाली भएको बताउनुभयो । ‘नीतिमा दलित महिला भनेको छ, दलित नभएको ठाउँमा अन्य महिला भनेको भए, त्यो ठाउँ खाली हुँदैन थियो’, ढकाल भन्नुहुन्छ ।

  त्यसैगरी, नयाँशक्ति नेपालले गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा कामी कुट्टी तामाङनीलाई उम्मेदवार बनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: