दोलखामा तीन महिला निर्विरोध


प्रकाशित मिति :2017-05-05 16:52:04

-सर्मिला बुढाथोकी-

दोलखा । जिल्लामा दुई दलित महिला सदस्य र एक महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवार मनोनयन दर्ता गराउने क्रममा जिल्लाको कालिञ्चोक गाँउपालिका वडा नं ६ लापिलाङमा दलित महिला सदस्यमा नेकपा एमालेको तर्फबाट छत्रमाया विश्वकर्माको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत टेकेन्द्र दाहालले जानकारी दिनुभयो ।

त्यस्तै, जिरी नगरपालिका वडा नं ४ मा पनि दलित महिला सदस्यमा एमालेको तर्फबाट निरमाया विश्वकर्मा र गौरीशंकर गाँउपालिका वडा नं ६ चंखुमा महिला सदस्यमा एमालेबाट चरिमाया तामाङको मात्र मनोनयन दर्ता भएकोले उहाँहरु दुवैजना निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन कार्यालयले भने यसबारेमा आधिकारिक घोषणा गरेको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: