प्रधानन्यायाधीश कार्कीलाई काम गर्न दिनुः सर्वोच्च अदालत


प्रकाशित मिति :2017-05-05 17:45:18

महिला खबर


काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजैबाट काम गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले शुक्रबार कार्की विरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राख्न आदेश दिएको हो ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रहरी महानिरीक्षकको बढुवा सम्बन्धी मुद्धालाई आधार मानी अभियोग लगाइएको देखिएपनि त्यसको आधार स्पष्ट नभएको बताएको छ ।

‘संविधानको मर्म तथा भावना अनुकूल नभएको कुरा शुरु नजरमै देखिन आएकाले सुविधा सन्तुलनको आधारमा यो निवेदनको टुङ्गो नलागुन्जेलसम्म महाअभियोगको प्रस्तावलाई यथास्थितिमा राख्नु’ अन्तरिम आदेशमा भनिएको छ ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदहरुले यही वैशाख १७ गते कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । महाअभियोगको विरोधमा नागरिक समाज लगायत विभिन्न संघसंस्थाहरुले विरोध जनाउँदै आएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: