प्रधानन्यायाधीश कार्की आजदेखि आफ्नो काममा


प्रकाशित मिति :2017-05-07 13:04:40

महिला खबर

काठमाडौंं ।  प्रधानन्यायाधीश सुशीला कार्की आइतबारदेखि काममा फर्किनुभएको छ । कार्की बिहान ९ बजेर ११ मिनेटमा सर्वोच्च अदालत प्रवेश गर्नुभएको हो ।

सत्तारुढ नेपाली काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको निर्णयमा संसदमा महाअभियोग प्रस्ताव लगिएपछि कार्की निलम्बनमा पर्नुभएको थियो ।

शुक्रबार न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजालसले महाअभियोग प्रस्ताव अघि नबढाउन संसदलाई आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि कार्कीले शुक्रबारबाटै सर्वोच्चमा हाजिर हुनसक्ने कानुनी बाटो खुलेको थियो।

वैशाख १७ मा कांग्रेस, माओवादीका २४९ जना सांसदले संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। कार्कीको महाअभियोगको विरुद्धमा विभिन्न संघसंगठनहरुले विरोध जनाउँदै आएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: