अध्यक्षदेखि सदस्यसम्म सबै उम्मेदवार महिला


प्रकाशित मिति :2017-05-07 13:07:38

विदुर आचार्य

सिन्धुपाल्चोक । स्थानीय तहको निर्वाचनमा विभिन्न जिल्लामा महिला उम्मेदवार तोकिएको पदमा मात्र सिमित भएका छन् । वडामा पनि महिला दुई पदमा सिमित भएका देखिन्छन् । तर, काभ्रेको पाँचखाल ३ मा भने वडा अध्यक्षदेखि सबै पदमा महिलाको मात्रै उमेद्वारी परेको छ ।

सो वडामा नेकपा एमालेका तर्फबाट अध्यक्ष, उपाध्यक्ष, सदस्य र दलित महिला सदस्य सबै गरी कुल पाँच वटै पदमा महिला उम्मेदवार छन् । पाँचैजना महिलाले उम्मेदवारी पाएसँगै यतिखेर पाँचखाल नगरपालिका ३ जिल्लामै चर्चित बनेको छ ।

‘महिला मैत्री नमुना वडा’ निर्माणका लागि महिलालाई सर्वसम्मत उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कंचन अधिकारीले बताउनुभयो । पार्टीले वडाका सबै पदमा महिला उम्मेदवारी दिएकोमा वडा अध्यक्ष बिमला शर्मा पनि दंग हुनुहुन्छ ।

‘महिलाको बारेमा कुरा त धेरैले गर्छन् तर, यसरी नमुना ढंगले हाम्रो वडामा मात्र उम्मेदवारी पायौं । यो हाम्रो लागि अवसर हो’, शर्माले  भन्नुभयो । सो वडाबाट वडा अध्यक्षमा विमला शर्मा, सदस्यमा निरु नेपाल, दलित महिला सदस्यमा मैना सार्की तथा खुल्ला सदस्यमा पार्वती लुईटेल र रोहितकुमारी हुमागाई उम्मेदवार बनेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: