प्रहरीले रोक्यो बालविवाह


प्रकाशित मिति :2017-05-07 14:11:38

पार्वती पाण्डे

कपिलवस्तु । कपिलवस्तु नगरपालिका १२ अकबरपुरमा प्रहरीले हस्तक्षेप गरी बालबिवाह रोकेको छ । प्रहरीले १४ वर्षिया रमिला (नाम परिवर्तन) र हथीयागढका १६ वर्षिय बसन्त (नाम परिवर्तन) को हुनै लागेको विवाह रोकेको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णु ढकाललाई शुक्रबार बालविवाह हुन लागेको खबर आएपछि उनले सो विवाह तत्काल रोक्न प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरीको अगुवाईमा बालविवाह रोकिएको यो पहिलो घटना भएको प्रहरी उपरिक्षक भोजजंग शाहले बताउनुभयो ।
विवाहको सबै तयारी पूरा गरी बेहुली पक्षले दुलाहाको प्रतिक्षा गरिरहेकोे बेला प्रहरी पुगेपछि विवाह रोकिएको थियो । प्रहरी पुगेपछि बेहुली पक्षका आफन्त, छिमेकी, पंडित, खाना पकाउने मानिस तथा आमन्त्रित सर्वसाधारणहरु भागाभाग गरेका थिए ।

बालिकाका बाबुले आफूले पुस्तौंदेखि यस्तै विवाह गर्दै आएको र कानुनी कुरा थाहा नभएको बताएका छन् । बालविवाह नगराउने शर्तमा उनलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ । रिहा भएपछि खुशी भएका लक्ष्मणले अब आफूले छोरा छोरीहरुको उमेर पुगेर मात्र विवाह गराउने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: