सिन्धुपाल्चोकमा ४ महिला निर्विरोध


प्रकाशित मिति :2017-05-07 14:32:54

महिला खबर 

सिन्धुपाल्चोक । जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाका वडामा उम्मेदवारी दिएका ४ महिला निर्विरोध निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट २, काँगे्रस र माओवादीवाट १÷१ महिला निर्विरोध निर्वाचित भएका हुन् । नेकपा एमालेबाट मेलम्ची नगरपालिका ३ बाट उम्मेदवारी दिनुभएकी दलित महिला सदस्य कृष्णकुमारी नेपाली र इन्द्रावती गाँउपालिका १२ बाट उम्मेदवार बन्नुभएकी गीता सोना निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, नेपाली कांग्रेसबाट लिसङ्खु पाखर गाँउपालिका ५ मा उम्मेदवारी दिनुभएकी सुनिता सुनार र माओवादी केन्द्रबाट सोही गाँउपालिका ३ मा उम्मेदवारी दिनुभएकी धनकुमारी विक पनि निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: