विपन्न महिलालाई व्युटिसियन तालिम


प्रकाशित मिति :2017-05-07 16:52:11

सर्मिला बुढाथोकी

दोलखा । जिविकोपार्जनमा टेवा पुग्ने भन्दै हिंसा प्रभावित युवती रुवी (नाम परिर्वतन) दोलखा सदरमुकाम चरिकोटमा सञ्चाल भइरहेको व्युटिसियन तालिममा सहभागी भएकी छिन् ।

कक्षा १२ को परिक्षा सकेर आधारभूत व्युटिसियन तालिममा सहभागी बनेकी उनी यो तालिमले आयआर्जनमा टेवा पुग्ने विश्वास गर्छिन् । भन्छिन्, ‘सीप भएर मात्र नपुग्ने भएकाले कतैबाट आर्थिक सहयोग जुट्यो भने तालिमपछि व्युटिपार्लर व्यवसाय सञ्चालन गर्ने सोचमा छु ।’

रुवीसँगै तालिम लिइरहेकी गौरीशंकर गाउँपालिकाकी पविता जिरेल पनि तालिमपछि व्यवसाय गर्ने मनस्थितीमा छिन् । स्थानीय तहको चुनावपछि गाउँमा धेरै चहलपहल हुने बुझेकाले थोरै लगानीबाट व्युटिपार्लर व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्ने उनको भनाइ छ । ‘सीप सिकेपछि धेरथोर कमाइ गर्न समस्या हुँदैन’, उनी भन्छिन् ।

तालिममा सहभागी विगु गाउँपालिकाकी लालमाया थामी आर्थिक अवस्था कमजोर भएकालाई दिइएकोले तालिम प्रभावकारी बनेको बताउँछिन् । उनी भन्छिन्, ‘तालिमपछि कतैबाट ऋणको व्यवस्था गर्न सकियो भने यहि पेशालाई निरन्तरता दिनेछु । लगानी गर्ने पुँजी र सीप भयो भने यो पेशा रोजगारीको राम्रो विकल्प हो ।’

व्युटिसियन तालिम लिएका महिलाले मेहनत गर्ने हो भने सामान्य खर्चको समस्या नहुने प्रशिक्षक रनिता थामीको भनाइ छ । सानो लगानीमा घरमै बसेर पनि यो व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यो तालिमले महिलाहरुलाई आर्थिक उपार्जनमा सहयोग पुर्याउने प्रशिक्षक थामी बताउँछिन् । उनी भन्छिन्, ‘गाउँ घरमा हुने विवाह, ब्रतबन्ध लगायतका कार्य हँुदा श्रृङ्गारको काम गर्दा पनि आम्दानी गर्न सकिन्छ । आर्थिक उर्पाजनमा महिलालाई यो पेशा सहयोगी हुनसक्छ ।’

महिला तथा बालबालिका कार्यालय दोलखाको आयोजना एवं घरेलु तथा साना उद्योग विकास समिति दोलखाको समन्वयमा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ३ महिने व्युटिसियन तालिममा हिंसा प्रभावित, विपन्न, दलित, जनजाति लगायत ३५ जना महिलाको सहभागिता रहेको महिला विकास अधिकृत लक्ष्मी ढकालले जानकारी दिइन् ।

उद्यमशीलताको माध्यमबाट महिलाहरुको आर्थिक सामाजिक रुपान्तरण गरी दिगो विकास हासिल गर्ने, लैङगिक हिंसाको रोकथाम र त्यसबाट पीडित तथा प्रभावितका लागि संरक्षणात्मक सेवा उपलब्ध गराउने, महिलाको समग्र विकास मार्फत् सकरात्मक परिवर्तन ल्याउने उदेश्यले तालिमको आयोजना गरिएको अधिकृत ढकालको भनाइ छ । कार्यालयका अनुसार तालिममा सहभागी महिलाहरुलाई घरेलु तथा साना उद्योग विकास समितिले प्रतिव्यक्ति मासिक ५ हजारका दरले भत्ता बस्ने भत्ता र दैनिक १ सय रुपैयाँको दरले खाजा उपलब्ध गराएको छ । वैशाख १२ गतेदेखि सुरु भएको सो तालिम श्रावण १२ गतेसम्म सञ्चालन हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: