तीनै निकाय संवैधानिक सीमाभित्र रहनुपर्छः सभामुख घर्ती


प्रकाशित मिति :2017-05-07 18:15:11

 महिला खबर

काठमाडौं । सभामुख ओनसरी घर्तीले नेपालको संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटै अंगको क्षेत्राधिकार तोकेकोले सबैले आफ्नो सीमामा बस्नुपर्ने बताउनुभएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभामुख घर्तीले संसदमा प्रवेश गरिसकेको विषयमा संसदको विशेषाधिकार रहने बताउनुभएको छ ।

‘संसदमा प्रवेश गरिसकेका प्रस्तावहरू कसरी अगाडि बढाउने भन्ने विषय संसदको आन्तरिम मामिला र विशेषाधिकार हो । नेपालको संविधानले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको काम, कर्तव्य र अधिकारका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ । संविधानले गरेको व्यवस्थाअनुसार राज्यका तीनै निकायहरू आफ्नो संवैधानिक सीमाभित्र रहनुपर्दछ भन्ने मेरो प्रस्ट मान्यता रहेको छ’, पत्रकार सम्मेलनमा वितरित सभामुखको लिखित वक्तव्यमा उल्लेख छ ।

उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच बढेको दुरीलाई सम्वादको प्रक्रियाबाटै समाधान गर्नका लागि दलहरुलाई समय दिने उद्देश्यले संसद स्थगन गरेको जानकारी दिनुभयो । संसद जेठ ४ गतेसम्म स्थगित गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: