कृष्णा ताम्राकार ‘वरिष्ठ पत्रकार’ सम्मानबाट सम्मानित


आज राष्ट्रिय पत्रकारिता दिवस

प्रकाशित मिति :2017-05-07 19:11:55

महिला खबर

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३ बाट चार पत्रकार पुरस्कृत गरेको छ ।
त्यसैगरी वरिष्ठ पत्रकार सम्मानबाट चार जनालाई सम्मान गरेको छ ।

राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित ८ जना पत्रकार एक लाख रुपैयाँ र कदरपत्रबाट सम्मानित भएका छन् ।

पुरस्कार छनौट समितिले वरिष्ठ पत्रकार सम्मानबाट काठमाडौंकी कृष्णा ताम्राकार सहित चार जनालाई सम्मान गरेको छ । ताम्राकार सहित सम्मानित हुने पत्रकारहरुमा काठमाडौंका मदनमणी दीक्षित, दाङका नारायणप्रसाद शर्मा र तनहुँका विश्वबन्धु भण्डारी रहेका छन् ।

त्यस्तै, राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा उदयपुरका पत्रकार गजेन्द्र बुढाथोकी, बाँकेका सिराज खान, मोरङका शिवबहादुर कार्की र चितवनका गुणशेखर शर्मा छन् ।

राष्ट्रिय पत्रकारिता पुरस्कार २०६४ सालबाट सुरु भएको थियो । राष्ट्रिय दैनिक गोरखापत्र सुरु भएको दिन अर्थात हरेक वर्षको २४ वैशाखमा राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: