मानबहादुर चौधरी
बर्दिया । मधुवन नपा १ स्थित त्रिभुवन माविमा आइतबार बालबिवाह न्यूनीकरणका लागि वक्तृत्वकला प्रतियोगिता सप्पन्न भएको छ ।
इन्सेकको सहयोगमा त्रिभुवन मावि र युवा समूहको आयोजनामा आइतबार सम्पन्न सो प्रतियोगितामा विद्यालयका ८ जना छात्राछात्रले भाग लिएका थिए ।
प्रतियोगीहरुले बालविवाह रोक्न किशोरकिशोरीहरुलाई जीवनपयोगी शिक्षा दिएर गलत बाटो हिँड्नबाट रोक्न राज्य, परिवार तथा समाज लाग्नुपर्नेमा जोड दिए ।
प्रतियोगितामा सहभागीमध्ये प्रतिमा थारु प्रथम, शान्ता खनाल द्धितिय र पार्वती थारु तेस्रा भएका थिए । प्रतियोगितामा सहभागी सबैलाई पुरस्कारको व्यवस्था गरिएको थियो ।
सो अवसरमा बोल्दै प्रधानाध्यापक पूर्णबहादुर क्षेत्रीले विद्यायलयमा अध्ययनरत छात्रछात्राहरुले कुनै पनि भेला तथा कार्यक्रममा उभिएर आफ्ना कुरा बोलेर प्रस्ट रुपमा राख्न सक्ने बानीको विकास गर्न र समस्याको रुपमा देखिएको बालविवाह न्यूनीकरण गर्नका लागि सचेतिकरण गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता राखिएको बताउनुभयो ।
Comment Here!