ठूला दलबिच तालमेलः प्रमुख पदबाट हटाइए महिला


प्रकाशित मिति :2017-05-08 15:15:28

खेमा बस्नेत

काठमाडौं । चार ठूला दलले तालमेल गर्दा ती दलबाट प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दिएका महिला उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिनुपरेको छ ।

हालसम्म प्राप्त तथ्याङ्क अनुसार, चुनावी तालमेलले प्रमुख/उपप्रमुखमा उम्मेदवारी दिएका १२ जना महिलाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पहिलो चरणको स्थानीय चुनावमा वैशाख १९ गते उत्साहका साथ उम्मेदवारी दर्ता गराएका महिला उम्मेदवारहरुले २१ गते नै अाफ्नाे उम्मेदवारी फिर्ता लिएका थिए । खासगरी काँग्रेस–माओवादी तथा एमाले–राप्रपा बिच तालमेल हुँदा प्रुमुख तथा उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका महिला उम्मेदवारले नाम फिर्ता लिएका हुन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को धारा १७ को उपधारा ४, ५ र ६ मा भएको व्यवस्था अनुसार स्थानीय तहको प्रमुख र उपप्रमुखमा एक जना अनिवार्य महिला उम्मेदवार उठाउनुपर्ने व्यवस्था छ । यो हिसाबले उम्मेदवारी दर्ता गर्दा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने देखिन्छ ।

महिलालाई उम्मेदवारी दर्ता गर्दा उपमै सिमित राखियो त्यो पनि तालमेल गर्दा गुम्न पुगेको देखिन्छ । निर्वाचन आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्याल कानुनमा प्रमुख र उपप्रमुख उठाउँदा महिला अनिवार्य भनिएपनि दलहरुमा तालमेल हुँदा दुवैमा पुरुष वा महिला आउने सक्ने अवस्था बनेकोे बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘तालमेल गर्न कानुनले बन्देज गरेको छैन, किनकी, कानुनले त दुईजना उठाउँदा मात्र एकजना अनिवार्य महिला भनेको हो ।’

चुनावी तालमेलपछि भरतपूरमा भने प्रमुख र उपप्रमुख दुवै पदमा महिला उम्मेदवार बनेका छन् । भरतपुरमा माओवादीले मेयर र कांग्रेसले उपमेयरमा सहमति गरेका छन् । मेयरमा रेणु दाहाल र उपमेयरमा पार्वती शाहले चुनाव लड्ने भएका छन् । भरतपुरमा माओवादीबाट उपमेयरका उम्मेदवार सुरेन्द्र गुरुङ, दिनेश कोइरालाको उम्मेदवारी फिर्ता भएको छ ।

तालमेलपछि कहाँ–कहाँ हटाइए महिला ?

थाहा नगरपालिका, मकवानपुरः काँगेस र माओवादी

काँग्रेस र माओवादीको तालमेलबाट दुवै दलबाट प्रमुख÷उपप्रमुखमा उठेका महिलाले उम्मेदवारी फिर्ता लिएका छन् । दुवै दलबाट अहिले प्रमुख÷उपप्रमुखमा महिला उम्मेदवार छैनन् । काँग्रेसबाट उपमेयरकी दाबेदार पार्वती महत विष्ट र माओवादीबाट उपमेयरकी उम्मेदवार बनेकी शकुन्तला गोपालीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । दुवै दलबिच तालमेल हुँदा मेयरमा माओवादीबाट खड्का गोपाली र उपमेयरमा कांग्रेसबाट लवशंकर विष्ट उम्मेदवार बनेका छन् ।

हेटौंडा उपमहानगरपालिकाः कांगेस र माओवादी

हेटौंडा उपमहानगरपालिकामा कांग्रेसले मेयर र माओवादीले उपमेयर लिने गरी चुनावी तालमेल भएको छ । यो तालमेलपछि माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेकी कुमारी मोक्तान र काँग्रेसबाट उपमेयरका उम्मेदवार लक्ष्मी श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । तालमेलपछि मेयरमा काँग्रेसबाट आनन्दराम पराजुली मेयरमा र माओवादी केन्द्रका बलराम बल उपमेयरका उम्मेदवार बनेका छन् ।

नीलकण्ठ नगरपालिका, धादिङः कांगेस र माओवादी

काँग्रेसबाट भिम ढुङगाना मेयरमा र माओवादीबाट शैलेश भण्डारी उपमेयरमा उम्मेदवार हुनेगरी तालमेल भएको छ । तालमेलपछि उपमेयरको उम्मेदवार काँग्रेसबाट कल्पना अधिकारी र माओवादीबाट शोभा डंगोलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी, माओवादी केन्द्रबाट ज्वालामुखी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेकी लक्ष्मी थापाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् ।

एमाले र राप्रपाको तालमेल, काठमाडौं÷ललितपुर महानगरपालिका शुन्य

एमाले र राप्रपाको तामेलका कारण काठमाडौ महानगरपालिकामा महिला प्रमुख तथा उपप्रुममा आउन सकेनन् । दुवै महानगरपालिकामा एमाले मेयर र राप्रपा उपमेयरमा उठेको छ । जसले गर्दा कुनै पदमा पनि महिला आउन सकेनन् । एमालेवाट ललितपुरमहानगरपालिकामा उपमेयरमा सुकुमाया तामाङलाई उठाएको थियो ।

कुपिण्डे नगरपालिका, सल्यानः एमाले र काँग्रेस

कुपिण्डे नगरपालिकामा शुरुमा एमाले र काँग्रेसबाट प्रमुख÷उपप्रमुखमा महिला उम्मेदवार परेपनि चुनावी तालमेलपछि महिला हटाइएका छन् । एमालेबाट चम्पा पुरी र काँग्रेसबाट लक्ष्मी सुनार उपमेयरमा उम्मेदवार बनेपनि तालमेलपछि मेयरमा एमालेका गोविन्द पुन र उपमेयरमा कांग्रेसका दिपेन्द्र बिष्टलाई उम्मेदवार छनौट गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: