सुरक्षित मातृत्वबारे सचेतना बढ्दै


प्रकाशित मिति :2017-05-08 16:40:41

यमुना खनाल 

सिरहा । सुरक्षित मातृत्वबारे जिल्लाका ग्रामीण बस्तीका महिला पुरुष सचेत हुन थालेका छन् । उनीहरु एकै ठाँउमा बसेर सुरक्षित मातृत्वबारे छलफल गर्छन् । समूहको छलफलमा महिला मात्र होइन पुरुष पनि उत्तिकै संख्यामा सहभागी हुन्छन् र आफूले सिकेका कुरा अरुलाई समेत सिकाउँछन् ।

सिरहाको रामपुर पिप्राकी बेचनी देवी मोचीलाई पहिला आफू गर्भवती हुँदा ध्यान दिनुपर्ने कुरा थाहा नै थिएन तर, अहिले समूहमा बसेर काम गर्न थालेपछि र स्वयं सेविकाले महिनै पिच्छे गाँउ घरमा नै गएर जानकारी दिन थालेपछि उनी यसबारे बुझ्ने भएकी छन् । पछि आमा समूहको वैठकमा जान थालेपछि अरु महिलालाई समेत सिकाउन सिकाउन थालेकी छिन् । गर्भवती भएको दिनदेखि बच्चा जन्मेको डेढ महिना सम्म सुरक्षित मातृत्व भित्र पर्ने कुरालाई ध्यान दिन उनी महिलाहरुलाई सुझाउँछिन् ।

उनी जस्तै प्रिपा प्रधकी लरुवती राम गर्भवतीले नियमित आइरन चक्की खानुपर्ने, नियमित गर्भवती जाँच गराउनुपर्ने, स्वास्थ्य चौकीमा बच्चा जन्माउनुपर्ने, बच्चालाई नियमित खोप लगाउनुपर्ने, गर्भवती भएको समयमा पोषिलो, भिटामिनयुक्त खाना खानुपर्ने, आराम र मनोरन्जन गर्नुपर्ने जस्ता कुरा महिलाहरुलाई सिकाउन व्यस्त रहन्छिन् ।

उमेरले ७५ वर्ष पुगेकी लरुवती सेतै फुलेकी, अनुहार चाउरिएको छ तर, उनको जोस जाँगर भने युवाहरुको भन्दा कम छैन । प्रिप्रा प्रधको सुशासन दबाब समूहकी सदस्य समेत रहेकी उनी स्वाथ्य चौकीले नागरिकले पाउने सेवामा कन्जुस्याँइ गर्छ कि भनेर सधैं खबरदारी गरिरहन्छिन् ।

महिलाहरुकै जागरुकता र सक्रियताले साविक प्रिप्रा प्रध गाविस यहि वैशाखभित्रै पूर्ण खोपयुक्त गाविस हुँदैछ ।

स्वास्थ्य चौकी पिप्र प्रधका इन्चार्ज सरोज मन्डल सुरक्षित मातृत्वप्रति समुदायमा सचेतना फैलिएको बताउँछन् । आमा समुह, स्वयंसेविका र स्थानीय महिला सक्रिय भएकाले यो सम्भव भएको उनको बुझाइ छ । स्वास्थ्य चौकीले पनि नियमित रुपमा समुदायमा सुरक्षित मातृत्व सम्बन्धी कार्यक्रम गरिरहेको उनको भनाइ छ । तर, कहिलेकाँही माग अनुसारको आइरन चक्की नआउँदा भने समस्या हुने गरेको मन्डलले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: