यस्ता छन्, काठमाडौं महानगरपालिकाका उपमेयरका महिला उम्मेदवार


प्रकाशित मिति :2017-05-09 17:26:50

महिला खबर

काठमाडौं । आसन्न स्थानीय चुनावका लागि सबै दलका उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । उम्मेदवारहरुले आफ्नो जीत सुनिश्चित गर्नका लागि आकर्षण चुनावी एजेन्डाका साथ जनताको घरदैलोमा पुगिरहेका देखिन्छन् । काठमाडौं महानगरपालिकामा उपमेयरको उम्मेदवार बनेका महिला उम्मेदवारका एजेन्डा कस्ता छन्, महिला खबरले खोजी गरेको छ ।

‘धुँवारहित हराभरा महानगरपालिका बनाउने छुृ’

हरिप्रभा खड्गी, नेपाली काँग्रेस

म लामो समयदेखी नेपाली काँगेसमा रहेर राजनीति गरेको मान्छे हो । यहाँका वासिन्दाले मलाई चिन्नु भा’छ र मलाई यहाँको समस्या पनि थाहा छ । मैले चुनाव जित्छु र जितेपछि महानगरपालिकालाई धुँवारहित हराभरा बनाउने छु । यहाँका दिदीबहिनीहरुले पनि मलाई सर्पाेट (सर्मथन) गर्नुभएको छ । मलाई चुनाव जित्न कुनै चुनौती छैन ।

‘२१ औं शताब्दीको नयाँ महानगरपालिका बनाउँछु’

शुशिला कुमारी पौडेल, माओवादी केन्द्र

काठमाडौंलाई विकास गरेर २१ औं शताब्दीको नयाँ महानगरपालिका बनाउन मेरो उम्मेवारी हो । संघीयता, धर्मनिरपेक्षता र वर्गिय एजेण्डालाई कार्यान्वयन गर्ने र बोलेका कुरालाई यथार्थमा गर्नेछांै । म महिला आन्दोलनबाट आएको हो, मलाई कुनै चुनौती छैन । मेरो जीत हुन्छ, यसमा म ढुक्क छु ।

‘ट्राफिक व्यवस्थापन र पार्किङ हल बनाउने छु’

सविना अर्याल, नयाँशक्ति नेपाल

मेरो जित्ने आधार मेरो एजेण्डा हो । काठमाडौंको वातावरण व्यवस्थापन गर्ने, ट्रार्फिक व्यवस्थापन र पार्किङ हल बनाउने मेरो योजना छ । महिलाहरुलाई पहिलो दर्जाको नागरिक बनाउने, जनताको मागहरु सुनिश्चित गर्ने तथा समानुपातिक समाजको निमार्णमा काम गर्नेछु ।

‘काठमाडौं र मधेश जोड्न मेरो उम्मेदवारी’

निरुपमा यादव, साझा पार्टी

काठमाडौं र मधेशलाई जोड्न मैले उम्मेदवारी दिएकी हुँ । सचेत र शिक्षित जनताले पनि राजनीति गर्नेपर्छ । मेरो उम्मेदवारी महिला र मधेशी समुदायबाट पनि राजनीति गर्न र योगदान गर्न सक्छन् भन्ने सन्देश पनि हो । सर्वसाधारण अहिले वैकल्पिक पार्टीको खोजीमा रहेका छन् । नेपालको संविधानको धारा १२७ मा न्यायिक समितिको परिकल्पना छ, जसको प्रमुख महानगरको उपमेयर हुने व्यवस्था छ । यो पदमा कानुन पढेका व्यक्ति आवश्यक हुने भएको र म अधिवक्ता पनि भएकोले मैले आफूलाई उपमेयरमा योग्य ठानेकी छु । तर, मलाई अहिले आफू र आफ्नो चुनाव चिन्ह जनतालाई चिनाउन चुनौती छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: