राज्यका प्रमुख अंग पूर्वाग्रहबाट निर्देशित हुनुहुन्नः प्रधानन्यायाधीश कार्की


प्रकाशित मिति :2017-05-09 19:04:30

महिला खबर 

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले राज्यका प्रमुख अंग पूर्वाग्रहबाट निर्देशित हुन नहुने बताउनु भएको छ । उहाँले राज्यका सबै अंगले आफनो सीमाभित्र रहेर काम गर्नुपर्ने औंल्याउनुभयो ।

राज्यका प्रमुख अंगहरु कुनै आग्रह वा पूर्वाग्रहबाट निर्दे्शित हुन नदिनेमा आफू पनि सचेत रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले आफू संविधान र कानुनले सुम्पिएको जिम्मेवारी पूरा गर्न प्रतिवद्ध रहेकोमा जोड दिनुभयो ।

६५ औं कानुन दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘संविधान र कानुनको अन्तिम व्याख्या गर्ने निकाय न्यायालय भएकाले सोही अनुसारको जिम्मेवारी पूरा गर्न म दृढ छु ।’

प्रधानन्यायाधीश कार्कीले न्यायालय आफ्नो सीमाभित्र रहेर जनतालाई न्यायमा पहुँच र्पुयाउन आफू लागि परेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले राज्यका प्रमुख अंगहरुको सहकार्यबाटै जनताले न्याय पाउने उल्लेख गर्दै संविधान कार्यान्वयन राज्यको सर्वाधिक महत्वको विषय भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रधानन्यायाधीश कार्कीले न्यायालयको यात्रा चुनौतिपूर्ण रहेको समेत बताउनुभयो । उहाँले जनतालाई न्याय दिलाउन राजनीतिक दलहरुको इच्छाशक्तिको आवश्यक्ता हुनेमा पनि जोड दिनुभयो । उहाँले संवैधानिक सर्वोच्चताको सिद्धान्त अनुसार न्यायालय अघि बढने पनि बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: