डोल्पामा २ महिला वडा अध्यक्षमा निर्विरोध


कर्णालीका अधिकांश जिल्लामा महिला निर्विरोध

प्रकाशित मिति :2017-05-10 15:06:12

-सन्दिप वि.क –

काठमाडौं । डोल्पाका दुई वडाका अध्यक्ष पदमा महिला निर्विरोध निर्वाचित भएका छन् । डोल्पामा दुई नगरपालिका र ६ गाउँपालिका गरी कुल ८ वटा स्थानीय तह रहेको छ ।

छार्का ताङसोङ गाउँपालिका ५ मा नेकपा (एमाले) का सोनाम साङबो गुरुङ र डोल्पो बुद्ध गाउँपालिका ६ मा एमालेकै छिरिङ गुरुङ वडा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । जिल्लामा मात्र विभिन्न राजनीतिक दलबाट २९ महिला सदस्य र १२ दलित महिला निर्विरोध निर्वाचित भएका छन् ।

हालसम्म प्राप्त तथ्याङ्क अनुसार २० जिल्लामा ७० दलित महिला सदस्य र ६२ महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

कर्णालीका अधिकांश जिल्लाहरुमा महिलाहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार डोल्पा लगायत जुम्ला, हुम्ला, कालिकोट, मुगूमा महिला सदस्य एवम् दलित महिलाहरु निर्विरोध भएका हुन् ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार दुर्गममा महिला एवम् दलित उम्मेदवारीको जनसंख्या कम हुँदा यस्तो अवस्था आएको हो । उहाँले भन्नुभयो ‘कर्णाली लगायत हिमाली क्षेत्रमा महिला र दलितको संख्या कम छ । त्यसमाथि धेरै ठाउँमा भोटर सहमति भएकोले त्यतातिर बढि निर्विरोध भएको हो ।’

सात गाउँपालिका र एक नगरपालिका रहेको जुम्लामा तीन महिला निर्विरोध निर्वाचित भएका छन् । वडा सदस्यमा एक महिला र २ दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
सात गाउँपालिका रहेको हुम्लामा पनि पाँच महिला निर्विरोध निर्वाचित भएका छन् । यीनमा ३ महिला सदस्य र २ दलित महिला रहेका छन् ।

कालिकोटमा पनि चार दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । ३ नगरपालिका र ६ गाउँपालिका रहेको कालिकोटमा पलाता गाउँपालिका ४, ६ र महावै गाउँपालिकाको ३ र ४ बाट दलित महिला निर्विरोध निर्वाचित भएका हुन् । चार गाउँपालिका रहेको मुगुमा २ महिला सदस्य र ४ दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै निर्वाचन आयोगका अनुसार ३ नगरपालिका र ३ गाउँपालिका रहेको रुकुममा एक महिला सदस्य र दुई दलित महिला सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, चार गाउँपालिका रहेको हिमाली जिल्ला मनाङमा विभिन्न दलबाट ११ महिला सदस्य, २ महिला खुल्ला सदस्य र २ दलित महिला सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । पाँच गाउँपालिका रहेको मुस्ताङमा पनि ११ महिला सदस्य, ४ दलित महिला सदस्य गरी १५ महिलाहरु निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा पाँच महिला निर्विरोध निर्वाचित भएका छन् । जस्मा २ महिला सदस्य र ३ दलित महिला सदस्य रहेका छन् । गोरखामा पनि विभिन्न राजनीतिक दलबाट पाँच महिला निर्विरोध निर्वाचित भएका छन् । २ नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा ३ महिला सदस्य र २ दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरि, ५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङजामा एकजना र चार नगरपालिका र सात गाउँपालिका रहेको बाग्लुङमा चार महिला निर्विरोध निर्वाचित भएका छन् । बाग्लुङमा निर्विरोध निर्वाचित भएका चारमध्ये २ महिला सदस्य र २ दलित महिला सदस्य रहेका छन् ।

सिन्धुपाल्चोकमा ४ दलित महिला र नुवाकोटमा एक जना मात्र दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । यस्तै, काभ्रेमा ५ दलित महिला निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, धादिङमा दलित सदस्यमा दुई महिला र सिन्धुलीमा एक महिला दलित सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । दोलखामा पनि ३ महिला दलित सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । मकवानपुरमा पनि ७ दलित महिला निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंको टोखा नगरपालिका वडा नं २, ६, दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिका विभिन्न वडाहरुमा ५ दलित महिला निर्विरोध निर्वाचित भएका छन् ।  ललितपुर महानगरपालिकाबाट ७ महिला दलित सदस्यमा निर्विरोध निर्वाचित भएका छन् भने भक्तपुर नगरपालिकाबाट ३ महिला निर्विरोध भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: